१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापा कारागारमा थपिँदै नयाँ भवन

अ+ अ-

झापा । क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेको झापा कारागारमा एक चौथाइलाई सुविधाजनक हुने गरी नयाँ भवन बनाउन शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले महाशिवरात्रिका अवसरमा वैदिक विधिबाट पूजा गरी आज नयाँ भवनको शिलान्यास गरे ।

हालको कारागार भवनको दक्षिणको खाली परिसरमा पर्खाल लगाएर नयाँ भवन थप्न लागिएको हो । तीन सय ५० कैदीबन्दी अट्ने क्षमताको बन्न लागेको दुईतले भवनको भुइँतला पक्की र माख्लो तला टिनको छानाको हुने बताइएको छ । भद्रपुर नगरपालिका वडा नं ८ मा साढे चार दशकअघि बनेको कारागारमा हाल एक हजार १८४ कैदीबन्दी छन् । तीमध्ये एक हजार ११६ पुरुष, ६४ महिला र चार बालबालिका छन् कारागार ३५० जनासम्मका लागि हो ।

कारागारको प्रशासनिक भवन बनाउन सङ्घीय सरकारले कारागार व्यवस्थापन विभागअन्तर्गत पठाएको रु ६४ लाख बजेट संशोधन गरेर कैदीबन्दी बस्ने भवन निर्माणमा खर्च गर्न लागिएको प्रजिअ तिम्सिनाले बताए । चालु आर्थिक वर्षसम्ममा भवन निर्माण गरिसक्ने गरी निर्माण व्यवसायी नन्द कन्स्ट्रक्सन काठमाडौंँले गत साता ठेक्का सम्झौता गरेको कारागार प्रमुख राजेन्द्र गौतमले बताए ।

पुरानो भइसकेको जीर्ण झापा कारागार भवन भत्काएर नयाँ बनाउनुपर्ने वा अन्यत्र स्थानान्तरण गरिनुपर्ने आवाज धेरै पहिलेदेखि उठ्दै आएको छ । साँघुरो क्षेत्रमा भएको हुँदा कैदीबन्दीलाई बस्न, सुत्न र हिँडडुल गर्नै अप्ठ्यारो छ । बर्खामा पुरानो भवनको छतबाट पानी चुहिन थालेकाले गत वर्ष छतमाथि टिनको छानोसमेत लगाइएको थियो ।

‘बजेट चाहिँ प्रशासनिक भवनका लागि आएको हो,’ प्रजिअ तिम्सिनाले भने, ‘तर बडो दुःखकष्टका साथ बसिरहेका कैदीबन्दीको अवस्था बुझेर मानवीय हिसाबले नै बजेट संशोधन गरी कैदीबन्दी बस्ने भवन बनाउन शुरु गरिएको हो ।’ झापा कारागारलाई तीन किलोमिटर पश्चिममा रहेको प्रदेश प्रशिक्षण केन्द्र कलबलगुडीको १० बिघा जग्गामा भविष्यमा स्थानान्तरण गर्न सरकारले तयारी गरिरहेको छ । कारागारभित्रै आयोजना गरिएको शिलान्यास कार्यक्रममा कैदीबन्दीको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस