१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेर्पा समुदाय एकता र राष्ट्रिय स्वाभिमानका प्रतीक हुन् : प्रदेश प्रमुख प्यासी

अ+ अ-

विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले आज एक सन्देश जारी गर्दै शेर्पा समुदायको महान् चाड ‘ग्याल्बो ल्होछार’का अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति, उन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

आफन्त भेटघाट, सांस्कृतिक मनोरञ्जन तथा धार्मिक आस्था प्रवद्र्धन र सामूहिक हर्षबढाइँका साथ शुभकामना आदान–प्रदान गर्ने परम्पराले आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने भएकाले शेर्पा समुदायले मनाउने यस पर्वलाई महत्वका साथ हेरिने गरिन्छ ।

अझै पनि विश्व कोरोना भाइरसको महामारीबाट मुक्त भइसकेको अवस्था छैन । यस परिप्रेक्ष्यमा भौतिक तथा सामाजिक दूरी कायम गरी यस पर्वलाई मनाउनु सबै शेर्पा समुदायको अनिवार्य कर्तव्य बनेको कुरालाई प्रदेश प्रमुख ‘प्यासी’ले स्मरण गराएका छन् ।

सन्देशमा भनिएको छ, ‘बहुलजाति, बहुलभाषा, बहुसंस्कृति, बहुधार्मिक विशेषतायुक्त सुन्दर देश नेपालका राष्ट्रप्रेमी शेर्पा समुदाय एकता र राष्ट्रिय स्वाभिमानका प्रतीक हुन्, ‘ग्याल्बो ल्होछार’ले नेपाली समुदायमा धार्मिक, सांस्कृतिक सद्भाव कायम राख्दै भातृत्व एवं आपसी सहिष्णुतालाई थप प्रगाढ तुल्याइ मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन तथा विकास गर्ने कुरामा मैले विश्वास लिएको छु ।’

‘ग्याल्बो ल्होछार’ पर्व भव्य र सभ्यरूपमा सफल होस् भन्ने अपेक्षासहित मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त यस पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्दै प्रदेश प्रमुख ‘प्यासी’ले शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस