७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजार क्षेत्रमा छैनन् ‘फायर हाइड्रेन्ट’

अ+ अ-

नवलपरासी । बजार क्षेत्रमा कुनै आगलागीका घटना घट्यो भने दमकललाई पानी खोज्दै खोलातिर जानुपर्ने बाध्यता रहेको छ । नजिकै पानी भर्न मिल्ने कुनै स्रोत नहुँदा समयमा आगलागी नियन्त्रण गर्न नसकी थप क्षति हुने खतरा रहेको छ । दमकललाई पानी भर्न मिल्ने गरी ‘फायर हाइड्रेन्ट’ नहुँदा आगलागीका कुनै घटना घटे समस्या पर्ने देखिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मुख्य बजार क्षेत्रमा ‘फायर हाइड्रेन्ट’ बनाइएको छैन ।

जिल्लाको सदरमुकामका रूपमा रहेको कावासोतीमा समेत फायर हाइड्रेन्ट छैन । यसअघि कावासोतीको फलफूल चोकमा एउटा ‘फायर हाइड्रेन्ट’ रहे पनि प्रयोगविहीन बनेको थियो । धेरै वर्षपहिले निर्माण गरिएकाले जीर्ण भएको उक्त ‘फायर हाइड्रेन्ट’ अहिले नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बाटोमा पर्ने भएपछि उखालिएको छ ।

दमकललाई पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । ‘फायर हाइड्रेन्ट’बाट दमकलका लागि सहजरूपमा पानी निकाल्न सकिने हँुदा बजार क्षेत्रमा कुनै आगलागीका घटना घटे समयमा निभाउन सकिन्छ । बजार क्षेत्रको नजिक कमै मात्र खुल्ला पानीका स्रोत हुन्छन् । यसकारण फायर हाइड्रेन्ट बनाउनु अति आवश्यक हुन्छ ।

कावासोतीमा चाँडै फायर हाइड्रेन्ट निर्माण गरिने कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीमलाल कँडेलले बताए । खानेपानीले डिपीआर तयार गर्दै गरेको र बजार क्षेत्रमा कहाँकहाँ राख्न उपयुक्त देखिन्छ सो क्षेत्रमा फायर हाइड्रेन्ट राखिने अध्यक्ष कँडेलले बताए । “हामीले हाम्रो सामाजिक उत्तरदायित्वका रूपमा लिएका छौँ, कावासोतीमा करीब आठदेखि १० स्थानमा ‘फायर हाइड्रेन्ट’ बनाउने छौँ’ अध्यक्ष कँडेलले भने, ‘करीब छ महिनासम्ममा बनाउने योजना छ ।’ कावासोती बजार क्षेत्रमा कुनै आगलागीका घटना घटे समयमा दमकलको सहायतामा पानी निकाली आगोबाट हुने क्षति न्यूनीकरण होस् भनेर यसको योजना बनाएको उनले बताए ।

प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले देवचुलीका चार स्थानमा ‘फायर हाइड्रेन्ट’ निर्माण गरेको छ । दुई स्थामा बोरिङबाट सहजरूपमा पानी निकाल्न मिल्ने गरी ‘फायर हाइड्रेन्ट’का रूपमा विकास गरिएको संस्थाका अध्यक्ष खिमानन्द भुषालले बताए।

फायर हाइड्रेन्ट निर्माणपछि प्रयोगमा समेत ल्याइएको र यसले आगलागीबाट हुने क्षति न्यूनीकरणमा सहयोग पुगेको उनको भनाइ छ । ‘फायर हाइड्रेन्ट नहँुदा दमकललाई खोलातिर पानी खोज्न जानुपथ्र्यो, अहिले यहीँ भएको छ, केही मिनेटमा चाँडै पानी भर्दासमेत धेरै क्षति न्यूनीकरणमा यसले सहयोग पु¥याउँछ’, उनले भने । राजमार्गसँग जोडिएका नवलपुरका धेरै बजार क्षेत्रमा अझै पनि फायर हाइड्रेन्ट बन्न सकेका छैनन् । यसमा स्थानीय तहलेसमेत चासो दिन आवश्यक रहेको बजार क्षेत्रका बासिन्दाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस