१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको समृद्धिमा चेम्बरको भूमिका महत्वपूर्ण : राष्ट्रपति भण्डारी

अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिमा नेपाल चेम्बर अफ कमर्सको महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।

नेपाल चेम्बर अफ कमर्सद्वारा आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकासमा चेम्बर अफ कमर्सले अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको बताइन् । ‘सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा चेम्बर सहयोगी बनेको छ’, उनले भनिन्, ‘औद्योगिक उत्पादन बढाएर देशलाई आर्थिकरुपमा समृद्ध बनाउन चेम्बरले विशेष जोड दिनुपर्छ ।’

राष्ट्रपति भण्डारीले विदेशमा व्यापार बढाउन चेम्बरले विभिन्न प्रदर्शनी सञ्चालन गर्दै आएको स्मरण गर्दै स्वदेशी उत्पादनमा जोड दिन चेम्बर अफ कमर्ससँग आग्रह गरिन् । ‘अहिलेको आवश्यकता स्वदेशी उत्पादन बढाउनु हो’, उनले भनिन् । राष्ट्रपति भण्डारीले महिलाको आर्थिक अवस्था सुधार गर्न चेम्बरले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै दैवी विपद्का घटनामा सहयोग गर्दै आएकामा चेम्बर अफ कमर्सलाई धन्यवाद दिइन् । चेम्बरले सबैसित सहकार्य गरी मुलुकको विकासमा टेवा पु¥याउनुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको उल्लेख गर्दै सरकार निजी क्षेत्रसित सहकार्य गरी समस्या समाधान गर्न अग्रसर रहेको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा चेम्बर अफ कमर्सले दिएका सुझाव समेटिने आश्वासन दिदैं अर्थतन्त्र सबल बनाइ रोजगारी सिर्जना गर्न चेम्बर अफ कमर्सलाई सुझाव दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बरले सरकार र निजी क्षेत्रबीच पुलको काम गर्दै आएको बताउँदै देशको समृद्धिका लागि सरकारसँग हातेमालो गर्न आफूहरु तयार रहेको स्पष्ट पारे । ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा चेम्बर सारथी बनेको छ’, उनले भने । कोभिड–१९ को महामारीका कारण व्यवसायी मारमा परेको हुँदा राहत दिइ व्यवसायीको मनोबल बढाउन आवश्यक रहेकामा उनले जोड दिए ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष तथा निवर्तमान र वर्तमान अध्यक्षलाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरेकी थिइन् । मरणोपरान्त सम्मानित हुनेमा नेपाल चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष लोकनाथ जोशी, पूर्वअध्यक्ष जुद्धबहादुर श्रेष्ठ, विहारी खेतान, गोवद्र्धनलाल मास्के, रतिलाल अग्रवाल, जनकदास श्रेष्ठ, इन्द्रभक्त श्रेष्ठ, राजबहादुर चिपालु, वनवारीलाल मित्तल र ईश्वरलाल श्रेष्ठ रहेका छन्।

यस्तै पूर्वअध्यक्ष महेशकुमार अग्रवाल र सुरेन्द्रवीर मालाकार, निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत तथा वर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठलाई समेत उनले सम्मान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस