७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बम विस्फोटपछि लहानस्थित मालपोत कार्यालय ठप्प

अ+ अ-

लहान । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले गराएको बम विस्फोटका कारण सिरहाको लहानस्थित मालपोत कार्यालय ठप्प भएको छ । कार्यालय ठप्प हुँदा कामकाज प्रभावित भएको छ भने त्रासका कारण कर्मचारी कार्यालय पुग्न डराइरहेका छन् ।

हिजो आइतबार दिउँसो बम विस्फोट हुँदा कार्यालयका एक कर्मचारीसहित आठ घाइते भएका थिए भने कार्यालयको पहिलो तल्लामा रहेको तीन काउन्टर क्षतिग्रस्त भएको कार्यालय प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए । प्रहरीसँग समन्वय गरी कार्यालय भवनको सरसफाइ गराइरहेको उनले बताए ।

बम विस्फोटपछि लागेको आगोले कार्यालयको महत्वपूर्ण कागजात जलेर नष्ट भएकाले कार्यालय सञ्चालनबारे तत्कालै केही भन्न नसकिने प्रमुख चौधरीको भनाइ छ । बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

यसैबीच मालपोत कार्यालयमा बम विस्फोट भएपछि स्थानीय प्रशासनले जिल्लास्थित सबै कार्यालयको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिइएको छ । सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सूचना जारी गर्दै आ–आफ्नो कार्यालयको सुरक्षा व्यवस्था कडा बनाउन कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

कार्यालयभित्र र बाहिर कुनै शङ्कास्पद बस्तु रहे नरहेको बारम्बार निरीक्षण गर्ने गराउने, सेवा लिन आउने सेवाग्राहीको व्यवहारलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने, सेवाग्राही कार्यालय प्रवेश गर्नु पूर्व ल्याएका ब्याग, झोला नियमित जाँच गर्ने व्यवस्था मिलाउने कार्य गर्न निर्देशन दिइएको छ ।

यसैगरी सेवाग्राहीको व्यवहार शङ्कास्पद देखिए वा साथमा त्यस्ता अन्य कुनै वस्तु रहेको शङ्का लागेमा तुरुन्तै जाँच गर्ने वा नजिकको सुरक्षा निकायमा सूचना दिई सहयोग गर्ने, कार्यालयमा भरपर्दो सुरक्षा व्यवस्थाका लागि नियमित पालो पहराको व्यवस्था गर्ने, पालो पहरा बस्ने व्यक्तिको सम्पर्क नम्बर नजिकको सुरक्षा निकायलाई उपलब्ध गराउने, सेवाग्राहीको विवरण राख्ने व्यवस्था मिलाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस