८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाम फालेर मर्छु भनी रुख चढेका फरार अपराधीको ४ घण्टापछि उद्धार

अ+ अ-

काठमाडौँ । चोरी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँको गोकर्णेश्वर–४ सुन्ताखाना बस्ने राज कुमार पण्डित क्षेत्री घरमा चेरी गरी फरार रहेका मकवानपुर हाडीखोला घर भई हाल काठमाडौँ वसुन्धरा बस्ने ३६ वर्षीय खन्ति भन्ने सुकलाल वाईवालाई प्रहरीले पक्राउ गरेको हो ।

यही चैत १ गते चोरी गरी फरार रहेका वाइवालाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले नियन्त्रणमा लिन सफल भएको हो ।

फरार रहेका वाइवाको खोजतलास गर्ने क्रममा गोकर्णेश्वर–४ उत्तरवाहिनी स्थित कान्ति भैरव मन्दिर नजिकै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गर्न लाग्दा भागेका थिए । भागेका वाइवालाई प्रहरीले पछाउँदै जाने क्रममा गोकर्णको खोचको रुखमा चढी हाम फालेर मर्छु भनेको थिए । प्रहरी नायव उपरीक्षकको कमाण्डमा पुगेको टोलीले निजलाई हाम नफाल्न र रुखबाट आउन आग्रह गर्दा उनले नमानेपछि घटनाकोवारेमा परिसर काठमाडौँमा जाहेर गरेको थियो ।

तत्पश्चात् परिसर काठमाडौँबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा टोली, विपद् व्यवस्थापनको उद्धार टोली परिचालन गरिएको थियो ।

आत्महत्या गर्न लागेको व्यक्तिलाई सम्झाई बुझाइ सकुशल फर्काउनका लागि नेपाल प्रहरी अस्पताल मानसिक रोग विशेषज्ञ डा। आशिष दत्त उक्त सङ्कटको अवस्था जानकारी गराई घटनास्थलमा तत्काल लगिएको थियो।

डा. आशिष दत्तले आत्महत्या गर्न लागे व्यक्तिलाई सकुशलतापूर्वक करिब १ घण्टाको काउन्सेलिङ गरेका थिए । निज व्यक्ति फर्कन मानेकोले विपद् व्यवस्थापनको उद्धार टोलीले करिब ३० फिट तल भिरमा गई निज व्यक्तिलाई रुखबाट सकुशल उद्धार गरी माथि ल्याउन सफल भएको थियो।

यसरी सङ्कटको समयमा काठमाडौँ प्रहरी परिसर, वृत्त बौद्ध, नेपाल प्रहरी अस्पतालका मानसिक रोग विज्ञ र विपद् व्यवस्थापनको उद्धार टोलीसमेतको समूहगत प्रयासमा करिब ४ घण्टाको अवधिमा उक्त व्यक्तिलाई आत्महत्या गर्नबाट जोगाउ सफल भएका छन् ।

वाइवालाई उद्धार पश्चात् कानुनी कारबाहीको दायरामा समेत ल्याइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस