११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवाले लिएको नागरिक लगानी कोषको लिखित परीक्षाको नतिजा प्रकाशित

अ+ अ-

काठमाडौँ । नागरिक लगानी कोषको रिक्त पदका लागि लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

कोषको पदपूर्ति समितिले बुधवार सूचना प्रकाशित गर्दै आन्तरिक प्रतियोगिताद्वारा पूर्ति हुने पदका लागि लिइएको लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको नामावली प्रकाशन गरेको हो ।

कोषको रिक्त रहेको प्रशासन तर्फको नवौँ तहको नायब निर्देशक पदमा एक जनाको माग भएकोमा कुनै पनि उम्मेदवार उत्तीर्ण हुन नसेकेको सूचनामा उल्लेख गरिएको छ ।

आठौँ तह उपनिर्देशक पदमा दुई जना उत्तीर्ण भएका छन् । उपनिर्देशकको लागि चैत १८ गते अन्तर्वाताको मिति तोकिएको छ ।

यस्तै, सातौँ तहको प्रशासन वरिष्ठ अधिकृत पदका लागि दुई जनाको माग भएकोमा तीन जना उत्तीर्ण भएका छन् । वरिष्ठ अधिकृत पदको चैत १९ गते साँझ ५ बजे अन्तर्वार्ताको मिति तोकिएको छ ।

यसै गरी आन्तरिक तर्फकै वरिष्ठ सहायक प्रशासन पाँचौँ तहमा तीन जना उत्तीर्ण भएका छन् भने चैत २० गते साँझ ५ बजे अन्तर्वार्ताको मिति तय भएको छ ।

खुला तर्फ वरिष्ठ कम्प्युटर अपरेटर प्राविधिक पाँचौँ तहमा ६ जना, सहायक प्रशासनमा खुला तथा आदिवासी जनजाति सहायक प्रशासनका लागि गरिएको विज्ञापनमा ६ जना, खुला तर्फको सहायक कम्प्युटर अपरेटर प्राविधिक चौथो तहमा ६ जना उत्तीर्ण भएका छन् ।

वरिष्ठ कम्प्युटर अपरेटरको २१ गते बिहान ८ बजे प्रयोगात्मक परीक्षा र २२ गते बिहान ८ बजे अन्तर्वार्ता हुने छ । यस्तै, सहायक प्रशासन चौथो तहको कम्प्युटर सीप परीक्षण २१ गते बिहान १० बजे र अन्तर्वार्ता २३ गते बिहान ८ बजे हुने भनिएको छ ।

सहायक कम्प्युटर अपरेटर प्राविधिकको प्रयोगात्मक परीक्षा २१ गते बिहान १०ः४५ बजे र अन्तर्वार्ता २४ गते बिहान ८ बजे हुने सूचनामा भनिएको छ ।

अन्तर्वार्ता, प्रयोगात्मक परीक्षा र सीप परीक्षण नागरिक लगानी कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा हुने छ ।

सूचना :

प्रतिक्रिया दिनुहोस