काठमाडौँ । यातायात व्यवस्था विभागको महानिर्देशकमा नमराज घिमिरे नियुक्त भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले घिमिरेलाई विभागको महानिर्देशन नियुक्त गरेको हो ।
घिमिरे केही दिन अघि मात्रै हेटौडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट मन्त्रालय सरुवा भएका थिए । विभागका तत्कालीन महानिर्देशक इन्जिनियर गोगन बहादुर हमाल सूचना तथा प्रशारण विभागमा सरुवा भएपछि रिक्त रहेको विभागमा घिमिरेलाई पठाएको हो ।