९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छोरासँग मिलेर श्रीमानको हत्या

अ+ अ-

गलकोट । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमान्को हत्या गरिएको आशङ्का गरिएको छ ।

जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीले गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार यही चैत १ गते राति घरमा विवाद हुँदा आमाछोरा मिलेर ४० वर्षीय सार्कीलाई निर्घात कुटपिट गरेका थिए । कुटपीटबाट गम्भीर घाइते भएका सार्कीलाई उपचार नगराएर घरमै राखेको अवस्थामा उनको चैत ३ गते मृत्यु भएको थियो ।

कुटपीटबाटै सार्कीको निधन भएको आशङ्का गाउँलेले गरेपछि प्रहरीले घटनास्थलमा पुगेर छानविन शुरु गर्यो । घटना अनुसन्धानकै क्रममा रहे पनि आमाछोरा मिलेर हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले आमाछोरालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

‘मदिरा सेवनका कारण घरायसी विवाद आएको देखिन्छ, आमाछोराले कुटपिट गरेपछि लडेर चोट लागेको जस्तो बनाउन थालेका रहेछन्’, उनले भने, ‘३ गते मृत्यु भइसकेपछि छिमेकीले थाहा पाए, शरीरमा चोटपटक रहेछ, अनुसन्धानका क्रममा काठको आउलो प्रहार गरेको पाइएको छ, थप अध्ययन भइरहेको छ ।’

आमाछोरा मिलेर हत्या गरेको भन्दै मृतकका दाजु ६० वर्षीय जुठे सार्कीले जिल्ला प्रहरी कार्यालय बागलुङमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएपछि प्रहरीले मृतकका श्रीमती कुमारी सार्की र उनका छोरा अनिल सार्कीलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस