९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरक्षित चेली अभियान शुरु : ‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो’

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुरक्षित चेली अभियान शुरु भएको छ ।

लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, बालविवाहलगायत समाजमा हुने अपराध न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आजदेखि सो अभियान शुरु गरेको हो ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै जिल्लामा अपराधको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको बताइएको हो । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले महिलामाथि हुने हिंसा, बलात्कारका घटना बढिरहेको बताए । ‘बलात्कार, हिंसाका घटनाको पछाडि सामाजिक सञ्जाल र मादकपदार्थ दुव्र्यसन प्रमुख कारण बनेको देखिन्छ’ उनले भने, ‘यसको न्यूनीकरणका लागि नेपाल प्रहरीलाई समाजको सहयोग आवश्यक हुन्छ ।’

उनले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाघामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सामाजिक सञ्जालको गलत प्रचारबाजी र तत्कालीन प्रहरी कर्मचारीको कामप्रतिको लगनशीलतामा देखिएको कमिका कारण घटना जटिल बनेको दाबी गरे । ‘प्रहरीले समाजबाट पाइने सूचना र प्रविधिको आधारमा अपराध न्यूनीकरण र सो सम्बन्धी अनुसन्धान अगाडि बढाउने गरिन्छ’, उनले भने, ‘निर्मलाको प्रकरणमा समाजले सूचना दिएन, निर्मला प्रविधिसित नजिक थिइनन् ।’

उनले निर्मला हत्या प्रकरणमा प्रहरीको अनुसन्धान सफल हुने विश्वास व्यक्त गरे। सुदूरपश्चिमको पहाडी जिल्लामा समेत सुरक्षित चेली अभियान थालिनी गर्दै आएका सुवेदीले चेली ८० प्रतिशत आफन्तबाट प्रताडित हुने गरेका घटना प्रहरीमा आइरहेको बताए। ‘हिजोसम्म अपरिचितबाट बलात्कारका घटना घटेका सुनिन्थे’, उनले भने, ‘अहिले १२ प्रतिशत चेली आफन्त, घरपरिवार र परिचित व्यक्तिबाट बलात्कृत भएका छन् ।’

उनले सामाजिक विकृति र सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढेको बताए । ‘सुदूरपश्चिममा ५०० घटनाको अनुसन्धान गर्दा करीब ८४ प्रतिशत हत्याका घटना आफन्तबाटै भएको देखिन्छ’, उनले भने, ‘सामाजिक विकृतिका कारण समाजमा देखिएका लैङ्गिक हिंसा, घरेलु हिंसा, हत्या आत्माहत्या घटनामा वृद्धि भएकाले यसलाई न्यूनीकरण गर्न सुरक्षित चेली अभियानले सहयोग पुग्ने छ ।’

जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङ र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशीले समुन्नत समाज निर्माण गर्न प्रहरीले विद्यालय तहदेखि नै सचेतनात्मक प्रशिक्षण सञ्चालन गर्नुपर्ने बताउँदै नेपाल प्रहरीले महिला र बालबालिकाको मुद्दामा गम्भीर भएर अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीलाचन्द सिंह, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कृष्णबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलगायतले लैङ्गिक हिंसा तथा सामाजिक विकृतिका विरुद्ध सम्बन्धित सबै पक्ष सक्रिय हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस