२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानीका यी स्थानमा काटिदैछन् शनिबार बिजुली

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने जनाएको छ ।

शनिबार बिहान १० बजेदेखि अपरान्ह् २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ । यस्तै, सोही फिडरको बत्तिसपुतली क्षेत्रमा बिजुली कटौती हुनेछ । बिहान ८ बजेदेखि अपरान्ह् ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको भनाइ छ ।

पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिरकणको सूचना छ । प्राधिकरणका अनुसार शनिबार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ ।

लाइन कटौती भएका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

प्रतिक्रिया दिनुहोस