६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायती प्रधानमन्त्रीले लगाए कोरोनाविरुको अस्ट्राजेनिका खोप

अ+ अ-

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोना भाइरस विरुद्धको पहिलो खोप दिइएको छ ।

युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाएका हुन् ।

‘मैले भर्खरै कोरोना भाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक धन्यवाद,’ उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उनले खोप लगाउँदा आफुलाई सुरक्षित महसुस भएको बताउदै अरुलाई पनि खोप लगाउन आह्वान गरेका छन् । ‘कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनु पर्यो, आशा गरौँ अव त्यस्तो हुनेछैन,’ उनले उल्लेख गरेका छन्।
खोप लगाएपछि आफुलाई कुनै असजिलो नभएको जानकारी दिदै उनले खोप लगाउदाँ छिटो र सजिलोसँग भएको बताए ।

प्रधानमन्त्री जोन्सन गतवर्ष सन् २०२० को अप्रिलमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना भएका थिए ।बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिहरुले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ ।

कोरोनाविरुद्धको खोपको प्रयोग पनि सवैभन्दा पहिले बेलायतबाटै भएको हो । त्यसपछि मात्रै अन्य देशहरुमा लगाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस