८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई लाख ५० हजार चालक अनुमतिपत्र छाप्न बाँकी

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले झण्डै दुई लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी रहेको छ । अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेका र नवीकरण गरेर उक्त सङ्ख्यामा अनुमतिपत्र छाप्नुपर्ने भएको हो ।

देशभरका यातायात व्यवस्था कार्यालयबाट एकै पटक धेरै सङ्ख्यामा नयाँ अनुमतिपत्रका लागि आवेदन दिएकाले यो सङ्ख्या अहिले ह्वात्तै बढेको विभागका सूचना प्रविधि निर्देशक पवित्र डङ्गोलले बताए। विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी गरेसँगै यातायात कार्यालयहरुले सेवा दिएका थिएनन् । गत असारमा कार्यालय खुले पनि बन्दाबन्दी पूरै नखुलेकाले त्यो समयमा धेरै सेवाग्राही कार्यालय जान सकेका थिएनन् ।

उक्त अवधिमा नवीकरणका लागि केही समय थपिएको उनले बताए । कार्यालयहरुले गत पुस २९ देखि नवीकरण पुनः सञ्चालन गरेपछि एकै पटक धेरै अनुमतिपत्र छाप्नुपर्ने भएको उनले बताए । उनले भने, “नयाँ र नवीकरण छाप्नुपर्ने धेरै छ ।”

विगत वर्षहरुमा धेरै सङ्ख्यामा अनुमतिपत्र छाप्न बाँकी भए पनि गत वर्ष विभागले बाँकी रहेका सबै अनुमतिपत्र छापिसकेको थियो । बन्दाबन्दीको अवधिमा एक दिनमा तीन चरण गरेर छपाइ गरिएको सूचना प्रविधि निर्देशक डङ्गोलले बताए । विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्म २० लाख १९ हजारभन्दा बढी छपाइ भइसकेको छ ।

विभागले अहिले अनलाइन माध्यमबाट मात्रै फारम लिइरहेको उनले बताए । सेवाग्राहीले जुनसुकै स्थान र समयमा फारम भर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । गत पुसमा सेवा पुनः शुरु गर्दा विभागले निश्चित समयमा मात्रै फारम भर्न सक्ने व्यवस्था गरेको थियो । एकै पटक धेरैले अहिले भर्न खोज्दा समस्या आएपछि जुनसुकै समयमा खुल्ला गरिएको हो । उनले भने, “लामो समय रोकिएको सेवा एकै पटक खोल्दा पहिले पहिले चौबिस घण्टा हुँदा पनि समस्या थियो, अहिले त्यो हटिसकेको छ ।”

नयाँ अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीमध्ये झण्डै ३० प्रतिशत पास हुने गरेको पाइएको छ । अहिले पनि साढे चार लाखले भरेकामा तीमध्ये आधाभन्दा कम मात्रै पास हुने अनुमान गरिएको छ । विभागमा छाप्नुपर्ने आवेदन बढिरहँदा छपाइ भने हुन सकिरहेको छैन । सरकारले १४ लाख कार्ड छपाइका लागि प्रक्रिया अघि बढाएको छ । त्यो आइनपुगेकाले अत्यावश्यक अनुमतिपत्र मात्रै छापिरहेको हो ।

प्रतिक्रिया दिनुहोस