१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी मोडालिटीबारे छलफल गर्दैछौँ  : अध्यक्ष दाहाल

अ+ अ-

काडमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताएका हुन्।

‘पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या अर्को कुनै नयाँ मोडालिटीको खोजी गर्ने बारेमा केन्द्रीय कमिटीमा छफलमै छौँ’, अध्यक्ष दाहालले भने । उनले माओवादी केन्द्र कम्युनिष्ट एकता प्रक्रियामा सङ्ख्यात्मकरुपमा जुन संरचनामा गएको थियो सोही यथावत राख्ने वा थप एकतामा जाने भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।

अध्यक्ष दाहालले एक भएका दुई कम्युनिष्ट पार्टीलाई यथावत बनाउने अदालतको निर्णय असहमत भए पनि स्वीकार्दै विभिन्न जनवर्गीय सङ्गठनमा छलफल गर्दै सबैलाई समेट्ने संचना बनाउने विषयमा पार्टी निकट व्यापारिक सङ्गठनसँग सुझाव माग गरे ।

उनले भने, ‘पार्टीको मोडालिटीबारे तपाईहरुको पनि रचनात्मक सुझाव दिनुहोस्, राष्ट्रिय पूँजी र अर्थतन्त्रका विरुद्ध लाग्नेको लागि सङ्घर्षमा अहिले पनि लागिरहेका छौँ, सङ्गठित र संस्थागतरुपमा हामीलाई तपाईहरुको साथ चाहिन्छ, राष्ट्रिय पूँजी निर्माण गर्दै रोजगारी सिर्जना गर्न सङ्गठनले मुख्य भूमिका खेल्नुपर्छ ।’

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रलाई पुनर्गठित गरिरहेको बताउँदै वर्तमान चुनौतीलाई सामना गर्ने सामथ्र्य जुटाइरहेको उल्लेख गरे । ‘एकाधिकार पूँजीवादले जनताको समस्या समाधान गर्दैन, विभेद र अभावमा बाँच्नुपर्ने बाध्यतालाई प्रगतिशील पूँजीवादले मात्रै समाजवादतर्फ लैजान्छ’, उनले भने ।

बलियो ग्रामीण अर्थतन्त्रले विना राष्ट्रिय पूँजी निर्माण नहुने उनको तर्क थियो । सङ्गठनका अध्यक्ष श्याम पाठकले २०६४ मा स्थापित सङ्गठन ६५ जिल्लामा विस्तार भइसकेकाले प्रदेश र स्थानीयस्तरमा विस्तारको योजनामा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस