काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले रिक्त दरबन्दीमा कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको अन्तर्वार्ता मिति तय गरेको छ । कम्पनीले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै अन्तर्वार्ताको मिति तोकिएको जानकारी दिएको छ ।
नायव व्यवस्थापक र सहायक व्यवस्थापक पदको अन्तर्वार्ता वैशाख २ गते तोकिएको छ । सूचना प्रविधि सहायकको प्रयोगात्मक परीक्षा चैत २८ र अन्तर्वार्ता वैशाख ३ गते हुने भएको छ ।
यसै गरी स्वास्थ्य सहायकको अन्तर्वार्ता वैशाख ३ गते बेलुकी ४ बजेका लागि तोकिएको छ ।
सहायक‘क’ पदको कम्प्युटर सीप परीक्षण चैत २८ गते र अन्तर्वार्ता वैशाख ३ गते, सहायक ‘ख’ पदको कम्प्युटर सीप परीक्षण चैत २८ गते र अन्तर्वार्ता वैशाख ४ गते तोकिएको छ ।
यस्तै सहायक‘क’कृषि प्राविधिक र सहायक‘ख’ पशु प्राविधिक तह ४ को चैत २८ र वैशाख ४ गते तोकिएको छ ।
प्रशासनतर्फ सूचना प्रविधि अधिकृत पदमा कुनै पनि उम्मेदवार उत्तीर्ण भएका छैनन् ।
कम्पनीको रिक्त दरबन्दीमा कर्मचारी पूर्तिका लागि माग भएको विज्ञापनको लिखित परीक्षा यही फागुनमा लिइएको थियो । कम्पनीले नायब व्यवस्थापकदेखि सहायक स्तरसम्मका कर्मचारी माग गरेको थियो ।
सूचना :