८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२२ वर्षीया नेपाली युवतीको भारतमा रहस्यमय मृत्यु

अ+ अ-

कञ्चनपुर – बेलौरी नगरपालिका– ४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ।

घरबाट ६ दिन अगाडि हराएकी रानाको शव फेला परेको हो । यही चैत ६ गते घरबाट हराएकी रानाको दुई दिनअगाडि मात्रै मृत्यु भएको खबर पाइएको मृतक महिलाका श्रीमान् मोली रानाले बताए । घरबाट हराएकी भागरतीको खोजतलास गरिदिन भनी यही चैत ८ गते इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको रानाले बताए।

भारतीय प्रहरीले रानाको हत्याको आशङ्कामा उत्तरप्रदेश जिल्ला लखिमपुर थाना सम्पूर्णानगर ग्राम गोविन्दनगरका अन्दाजी ३० वर्षीय विक्रम कुमारलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । भागरती भारतीय नागरिक विक्रमको केही दिनदेखि सम्पर्कमा रहेको कुरा बुझिएको छ ।

मृत्यु प्रकरणबारे भारतीय प्रहरीसँग समन्वय गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए। मृतक महिलाका श्रीमानको भनाइअनुसार घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको जस्तो लाग्छ ।

भारतीय प्रहरीको दबाबमा राना परिवारले शव बुझेर ल्याएका छन् । मृतकका बुबा सुब्बा रानाले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाहीको माग गरे।

प्रतिक्रिया दिनुहोस