काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अमेरिकाको मोस्ट वान्टेड सूचिमा रहेका एक नेपाली विरुद्ध आज विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ ।
अमेरिकाबाट फ्रड गरी रकम नेपाल पठाउने पंकज जोशीले सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको तथ्य पुष्टि भएपछि विभागले दुई करोड आठ लाख ८३ हजार दुई सय ४२ रुपैयाँ ७३ पैशा बिगो र जरिवानासहित मुद्दा दायर गरेको हो ।
संयुक्त राज्य अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले ३० अक्टुवर, २००९ मा संयुक्त राज्य अमेरिका, स्टेट अफ टेक्सस विरुद्ध पंकज जोशी भएको फ्रड सम्बन्धी मुद्दामा जोशीले अमेरिकास्थित जेपी मोर्गन चेज बैङ्कबाट बैङ्कबाट बैङ्क अफ काठमाडौँमा ट्रान्सफर गरी पठाएको भन्दै आवश्यक सहयोगका लागि पत्र पठाएको थियो । उक्त सूचना पछि दुई लाख ९० हजार डलर नेपाल पठाएका जोशीको विषयमा विभागले अनुसन्धान सुरु गरेको थियो ।