७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५६ करोड राजस्व छली गर्ने पाँच कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर

अ+ अ-

काठमाडौँ । विभिन्न पाँचवटा कम्पनीले ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ राजस्व गरेको भन्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ।

विभागले राजस्व ठगी गर्ने पाँचवटै कम्पनीका सञ्चालक र बैंक खाता सञ्चालकविरुद्ध जरिवाना र कैद मागदाबीसहित शुक्रबार उच्च अदालतमा मुद्दा दर्ता गरेको हो।

विभागले पर्सामा रहेको ओम श्रीराम इन्टरप्राइजेज, सिरहामा रहेका एभरेष्ट नेपाल ट्रेड कन्सर्न, महोत्तरीमा रहेको द भिजन इन्टरप्राइजेज, पर्साकै गुरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि र उदयपुरमा रहेको एनआईसी ट्रेडर्सविरुद्ध राजस्व ठगीमा मुद्दा दर्ता गरेको विभागले जनाएको छ।

विभागका अनुसार ओम श्रीरामका प्रोपाइटर वीरेनद्र राम चमारले २७ करोड ६३ लाख ४० हजार ७ सय २५ रुपैयाँ राजस्व ठगी गरेका छन्।

त्यस्तै, एभरेष्टका प्रोपाइटर महेश हजाराले १० करोड १२ लाख ७५ हजार ३ सय ९५ रुपैयाँ, द भिजनका प्रोपाइटर दुर्गेशकुमार झा र उक्त फर्मका बैंक खाता सञ्चालक नसिब कुमार झाले १० करोड १० लाख ३१ हजार ३ सय २७ रुपैयाँ, गुरु गणेशका सञ्चालक सुरेश सहनी मलाह र उक्त कम्पनीको बैंक खाता सञ्चालक राम प्रसाद महतोले ७ करोड ७९ लाख ४५ हजार ८ सय १९ रुपैयाँ तथा एनआईसी ट्रेडर्सका प्रोपाइटर भुपेन्द्र कार्की र उक्त कम्पनीको बैंक खाता सञ्चालक समेतले ४३ लाख ४७ हजार ६ सय ३० रुपैयाँ राजस्व ठगी गरेका छन्।

सबै अभियुक्तविरुद्ध राजस्व ठगीबराबरकै बिगो रकम भराउन मागदाबी गरिएको छ। उनीहरुविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कैद सजाय समेत मागदाबी गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस