काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा १५५ जना परीक्षार्थीहरु पास भएका छन् । काउन्सिलले शुक्रबार सञ्चालन गरेको बिशेष परीक्षामा ३३० जना परीक्षार्थीहरु सहभागीमध्ये ४७ प्रतिशत पास भएको हो ।
परीक्षामा उत्तिर्ण भएका परीक्षार्थीहरले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बिशेषज्ञ दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गर्नुपर्ने छ ।
आवेदन गरेको मितिले १५ कार्यदिन पछि प्रमाणपत्र तयार हुनेछ । बिशेषज्ञ दर्ता प्रमाणपत्रका लागि तोकिएको समयमा अनलाइन आवेदन दिने सबै चिकित्सकहरुको प्रमाणपत्रमा दर्ता मिति २०७७-१२-१७ उल्लेख हुनेछ । ३५ दिन भित्र आवेदन नदिएका र प्रकृया पूरा नगरेकाहरुको हकमा प्रमाणपत्रमा आवेदन स्वीकृत भएको मिति उल्लेख हुनेछ ।
यसका साथै परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र पूनर्योगका लागि एक हजार ५ सय रुपैँया दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर स्पष्ट लेखि काउन्सिलको इमेल [email protected] मार्फत आवेदन गर्न सक्नेछन् ।