८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमाण्ड तथा स्टाफ तालिममा सेनानी श्रेष्ठ सर्वोत्कृष्ट

अ+ अ-

काठमाडौँ । विदेशी छसहित ६९ सुरक्षाकर्मीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन् ।

सेनाका चार महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक-एक तथा बङ्गलादेश, नाइजेरिया, पाकिस्तान, श्रीलङ्का, संयुक्त राज्य अमेरिका र बेलायतका एक-एक सैनिकले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागी गराइएको उक्त तालिममा हालसम्म विभिन्न देशका ८९ विदेशी शिक्षार्थी दीक्षित भइसकेको जानकारी दिइएको थियो । समापनका अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनानी समिर श्रेष्ठलाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार’ प्रदानका साथै कलेजको वार्षिक प्रकाशन ‘दि शिवपुरी’ जर्नल २२औँ संस्करणको लोकार्पणसमेत गरे ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा धर्मकान्त बास्कोटा र शिक्षा अधिकृत उपरथी हिरालाल जोशीले सैनिक कमाण्ड तथा स्टाफ कलेजको तालिम र शोधपत्रमा प्रथम हुने सेनानी भूमिराज ओझालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।

सो अवसरमा प्रधानसेनापति थापाले तालिम पूरा गरेका सैनिक अधिकृतले सङ्गठनलाई नवीन सोच र दृढ सङ्कल्पका साथ अघि बढाउन दृढ सङकल्प गर्न आवश्यक रहेको बताए । सेनाको माथिल्लो दर्जामा पुग्न अनिवार्य मानिएको उक्त तालिमसँगै सहभागीलाई त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरको अध्ययनको व्यवस्था मिलाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस