६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्यान्न हवाईमार्गबाट ढुवानी गर्न माग

अ+ अ-

सिमकोट । हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकामा खाद्यान्नको समस्या हुने देखिएपछि हालसम्म ढुवानी हुन नसकेको कोटाको खाद्यान्न हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न माग गरिएको छ ।

रसुवाको केरुङ नाकाबाट तिब्बत हुँदै हिल्सा आउनुपर्ने खाद्यान्न कोरोना सङ्क्रमणको त्रासले नाका बन्द हुँदा ढुवानी गर्ने काम रोकिएर गाउँपालिकाले हवाईमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था गर्न माग गरेको हो ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले भने, ‘गाउँपालिकाका लागि केरुङ नाका हुँदै पैदलमार्गबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले व्यवस्था गरेको चार हजार क्विन्टल खाद्यान्न नाका बन्द भएपछि ढुवानी हुन नसकेका कारण खाद्यान्न अब हवाईमार्गबाट ढुवानी गरेर समस्या समाधान गर्न माग गरेका छौँ ।’

सो खाद्यान्न पैदलमार्गबाट तिब्बत हुँदै हिल्सादेखि याल्वाङसम्म ढुवानी गर्नका लागि सप्लायर्स पनि छनोट भइसकेको थियो । त्यो खाद्यान्न हालसम्म पनि ढुवानी हुनसकेको छैन । रु ४५ मा प्रतिकिलो खाद्यान्न ढुवानी गर्न सकिने भएपछि सो गाउँपालिकाका लागि लिमिटेडले खाद्यान्न उक्त मार्गबाट ढुवानी गर्ने गरेको थियो । उत्पादन कम हुने सो गाउँपालिकामा खाद्यान्न चीनको ताक्लाकोटमा निर्भर रहनुपर्नेमा कोरोनापछि हिल्सा नाका बन्द हुँदा कुनै पनि खाद्य सामग्री एक वर्षयतादेखि ढुवानी भएको छैन । ढुवानी बन्द हुँदा खाद्यान्न समस्या हुने अवस्था आएको बताइएको छ ।

केरुङबाट ढुवानी हुने अवस्था नरहेकाले गाउँपालिकाको कोटाको खाद्यान्न समयमै हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न गाउँपालिकाका अध्यक्ष लामाले लिमिटेडसँग माग गरेका हुन् । सो खाद्यान्न पैदलमार्गबाट ढुवानी हुनसक्ने अवस्था नभएपछि जिल्ला खाद्य व्यवस्था कार्यालयले समेत निर्णय गरेर हवाईमार्गबाट ढुवानीको व्यवस्था गर्न निर्णय गरेर केन्द्रमा पठाइसकेको लिमिटेडको हुम्ला शाखाका प्रमुख निर्मलकुमार थापाले बताए । लामो समयसम्म चार हजार क्वीन्टल खाद्यान्न आइ नपुगेछि नाम्खाका नागरिक खाद्यान्न भोकमारीको चपेटामा पर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस