८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हद त ननाघ् न यार ब्रो !’

अ+ अ-

हद करदिया आपने’ लगायत थुप्रै ‘हद’ भन्ने शब्द प्रयोग भएका हिन्दी सिनेमाका प्रशस्त गीतहरू उवेलामा नजानेरै गुनगुनाइन्थ्यो । बुझ्ने हुँदा हद नकारात्मक हुँदो रहेछ र गत्यवरोध हुँदो रहेछ भन्ने बुझाइयो । यसले स्वच्छन्द अभिलाषाहरूमा सीमारेखा कोरी लगाम लगाउँदो रहेछ ।

जागिर खाइरहूँ भन्ने अभिलाषा भइरहँदा अनिवार्य अवकाशको हद लाग्छ र छुट्टी । मरिहत्ते गरेर जागिर खान परान गर्दा उमेरको हदले भनिदिन्छ ‘इस्’ !  ‘केही हदसम्म हदलाई तन्काउन पाए ..’ यस्तो अवस्था जो कोहीले कहीँ न कहीँ अनुभव गर्छ नै ।

हद अझ बेसी कानुनी क्षेत्रमा प्रयोग हुन्छ । पीडितले उजुर गर्न हदम्याद हुन्छ । प्रत्युत्तर दिन हदम्याद हुन्छ । बिहेवारि गर्न उमेरको हद हुन्छ । केही खुराफाती अवस्थाहरू राखेर हदम्यादलाई अनुकूल वा प्रतिकूल बनाउने व्यवस्था पनि सँगसँगै राखिएको हुन्छ ।

मानिस स्वाभाविक रूपले हद स्विकार्न नसक्ने गुणयुक्त हुने भएकैले बाध्यकारी रूपमा हद लगाइएको हुन्छ । हद मिच्ने टेन्डेन्सी हरेकमा हुन्छ तर अर्काको हद तोक्न पनि त्यत्तिकै अग्र मोर्चामा कसिन्छ मान्छे । मानिसले बनाएको कानुनको दृश्य हद हुन्छ भने इश्वरीयरआध्यात्मिक वा प्राकृतिक कानुनको पनि एक प्रकारको हद अवश्य हुन्छ जुन ढिलो मात्र गोचर हुन्छ । तसर्थ हद सर्वव्यापी हुन्छ । ‘सर्व हदमय जगत्’ भन्थे होला मधुकैटव अहिले ब्युँझेका भए । र हद नाघ्नुको परिणाम प्रायशः सानोठूलो दुर्घटना वा प्रलय नै हुन्छ ।

खानुको हद हुन्छ, पिउनुको हद हुन्छ । सुत्नु, उठ्नु, रिसाउनु, आत्तिनु, मात्तिनु, पात्तिनु, कमाउनु, रमाउनु, तात्तिनु, बाङ्गिनु, नाङ्गिनु, झगडिनु, रगडिनु यी सबै स्वाभाविक मानवीय क्रियाहरू भए पनि यी सबैको आफ्नै हद हुन्छ । तर यी सबै मानवीय आवेग संवेगका हद कागजमा तोक्न इन्द्रको बाउ रामचन्द्रलाई पनि सम्भव हुँदैन  नै । र त हदको नियम मिच्ने आफ्नै वैयक्तिक हद सबैको हुन्छ । व्यापारीले काला–बजार गर्ने हद हुन्छ, नेताको गाला–बजार गफ गर्ने हद हुन्छ, त्यस्तै कर्मचारी कारिन्दाको झाला–बजार (बहानावाजी) को पनि छुट्टै हद हुन्छ । व्यक्तिको आफ्नो मानक अनुसार यी तीनै प्रकारका हद अरूबाट नाघिँदा ऊ पीडित र दुःखी देखिन्छ ।

अँध्यारोमा प्रायः मानिसहरू हद पार गर्दछन् । एकान्त, निर्जन, अपरिचित ठाउँ वा अपरिचित मानिसको सङ्गतमा असाध्यै भद्र मान्छेहरू पनि हद नाघ्न उद्धत हुन्छन् । यस्तो हद पार गर्ने प्रवृत्ति मानिस इतरका पशुहरूमा प्रायः हुँदैन र ती प्रायः प्राकृतिक कानुन अनुसार जीवनचक्र चलाउँछन् । पशुको हद पूर्वानुमेयप्रायः हुन्छ । तर बढी गिगाबाइटको मेमोरी भरिएका मानवखोपडीहरु भने प्राकृतिक कानुनले तोकेको हदमा जहिलेसुकै छिद्र खोज्दछन् । यसरी ह्वाङ्ग भएकाहरू कानुनी क्लिकको फन्दामा परेपछि मात्र फर्म्याटिङ्ग हुन्छन् । तसर्थ झन् झन् बुझ्यो झन् कठिन हुन्छ हदको परिधि ।

प्रायशः अर्काको हद जोख्ने/कोर्ने ठेकेदारहरू भने विभिन्न ‘वादी’ वा अभियन्ताहरू हुने गर्दछन् । अझै कति त नयाँ पलाएका ‘दर्जावाला’हरुले हद र स्वच्छन्दतामा विद्यावारिधीसम्मको अध्यापन गराउने ठेक्कामा फेसबुके पाठशालाहरू नै खोलेका हुन्छन् । तरुनी युवतीले लगाउने कपडाको हद हुनुपर्ने कि नपर्ने ? अनि उसका सुकोमल शरीर र यौवन देखेर समानवयका तन्नेरीहरूले यौनिक आवेग देखाउनु स्वाभाविक कि विकृत अवस्था ? हरेक नारीलाई छोरी, दिदीबहिनी वा आमाको नजरले हेरेर सृष्टि चल्दछ र ? यो के सम्भव छ ? अनि यहाँनेरको सीमारेखा कोर्ने कसरी ? अर्कामा मात्र लागु हुने गरी सबैले यी कुरामा हद निर्धारण गर्दछन् ।

अम्मली हुनु पक्कै खराब हो तर सबै अम्मल खराब हुँदैनन् । अम्मललाई डोजको हदमा राख्न नसक्नाले खराबी देखिने हो ।
जीवनमा सबै चिज लिखित/घोषित हदभित्रै मात्र रहे जीवन पनि सायद निरस हुन्छ । जिन्दगीले रसरङ्ग खोजिरहेको हुन्छ । इद, इगो र सुपर इगो हुन्छन् भनेर मनोविज्ञानले समेत स्वीकार गरेको छ । वैराग्य साधक बन्न खोज्नेले समेत सत्सङ्गकै नाममा भए पनि केही रसरङ्गको प्राप्तिमा लागेका हुन्छन् । ईश्वरीय पात्रहरूका प्रेम, दया, करुणामय भाव समेटिएका सङ्गीतमा नाचगान गरेर रमाएकै हुन्छन् । अहिलेको मानव जीवलाई मानक हदभित्रै थुन्न खोज्ने हो भने उसले हाँस्ने वातावरण नै विरलै पाउँछ होला । कहीँ न कहीँ हद नाघेरै उ खुसी रहने र हाँस्ने बहानाको खोजीमा रहन्छ ।

गोप्यताको सुनिश्चितता सहित कमाउने दाउ पाए हरकोहिले हद पार गर्दछन् । कतिपयले शक्तिको आडम्बरले ज्ञेय हदको पनि दृश्य रूपमै बेवास्ता गरिदिन्छन् । मलाई केही गर्न ‘हुज फादज् ह्वात भिटामिन’ यस्ता उल्लङ्घन हदलाई त जर्ज अर्वेलले उहिल्यै ‘सम एनिमल्स आर मोर इक्वायल’ भनेर स्वीकार्य बनाइदिएकै हुन् । केही हद धर्मले पनि सीमाङ्कन गरेको हुन्छ । केही मानिस हुन त उमेर छदासम्म नास्तिक हुँ भनेर जिद्दी गर्दछन् पनि तर ती पनि हदरहित रूपमा नास्तिक वा आस्तिक हुँदैनन् । आवश्यकता, सुख वा दुःख अनुसार आफ्नै हदको लचकदार पिङमा जिन्दगी मच्चाइरहन्छन् ।

भक्ति गर्ने हद हुन्छ साथै शक्ति कमाउने र आशक्ति देखाउने पनि हद हुन्छ । तर पनि ठोकेरै भन्छु हर कोही मानिस हदमिचुवा हुन्छ । माथिका सबै लिखित, अलिखित, दृश्य वा अदृश्य, भौतिक वा आध्यात्मिक सबैको वाउहद भनेको वैयक्तिक नैतिकताको हद हो र यो अरूले कोरेर कोरिँदैन । नैतिकताको हद आ–आफ्नै मौलिक हुन्छ, लचक हुन्छ, सामयिक र परिस्थितिजन्य हुन्छ । यसर्थ समग्र सकारात्मकताको हदलाई बढाउँदै लैजान सक्नु र नकारात्मकताको हदलाई साँगुर्‍याउँदै जानुमा नै कल्याण होला जसको लागि अन्तर्मनले सधैँ भनिरहन सकोस् ‘हद त ननाघ् न यार ब्रो !’

प्रतिक्रिया दिनुहोस