१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नम्बर १ मा हात्तीपाइले रोगविरुद्धको चक्की खुवाउने

अ+ अ-

विराटनगर । प्रदेश नम्बर १ का तीन जिल्लामा यही चैत २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको चक्की खुवाइँदैछ । हात्तीपाइले चक्की प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले यस जिल्लामा एक लाख २२ हजार जनालाई हात्तीपाइले चक्की तथा जुकाको औषधि खुवाउन चार सय केन्द्रमा ३४२ स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।

उनले केही महिनाअघि धनकुटाको डाँडाबजार र लेगुवामा ३ सय जनाको परीक्षण गर्दा दुई जनामा मात्र हात्तीपाइलेको जीवाणु देखिएको बताए । यसपटक यो औषधि खुवाइसकेपछि दुई वर्ष धनकुटामा हात्तीपाइलेविरुद्धको चक्की खुवाउनु नपर्ने उनको भनाइ छ ।

यसैगरी स्वास्थ्य कार्यालय मोरङका अनुसार मोरङ जिल्लामा ९ लाख २४ हजार ५६२ जनालाई ७८९ केन्द्रबाट औषधि खुवाउन पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुनेछन् । यस्तै झापामा ६ लाख २७ हजार मानिसलाई हात्तीपाइले चक्की खुवाउन स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले जानकारी दिए ।

शरीरका हात, खुट्टा एवं जनेन्द्रीयमा देखिने हात्तीपाइले रोग तराईका जिल्लामा १३ प्रतिशत देखिएको अनुसन्धानले देखाएको छ । दुई वर्षदेखि पाँच वर्षकाले एक चक्की, ६ देखि १४ वर्षकाले दुई चक्की तथा १५ वर्ष माथिकाले तीन चक्कीसहित जुकाको एक चक्की खानुपर्ने जनाइएको छ ।

यो रोगको सङ्क्रमण भएकाले औषधि खाँदा सामान्य वाकवाकी लाग्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने लक्षण देखिने चिकित्सकहरुले बताएका छन् ।

देशका ६३ जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेको अनुसन्धानबाट देखाइएको छ । शरीरको कुनै पनि भागमा मासु जस्तो डल्लो देखिनु, हाइड्रोसिल हुनु, गलगाँड हुनु, खातखुट्टा सुन्निएर हात्तीको खुट्टा जस्तो देखिनु नै हात्तीपाइले रोगको लक्षण मानिन्छ ।

प्रतिक्रिया दिनुहोस