काठमाडौँ । सोमबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबार फागु पर्वको अवसरमा दिइएको सार्वजनिक बिदाले सुनको भाउ निर्धारण गरिएको थिएन ।
यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।