८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महामारीमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेलाई कारबाही गर्न अख्तियारलाई लेखा समितिको पत्र

अ+ अ-

काठमाडौँ । कोरोना महामारीका बेला गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितिले कारबाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ ।

स्वास्थ्य मन्त्रालयले ०७६ चैतमा स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनललाई एक अर्ब २४ करोडको ठेक्का दिएको थियो ।

विश्वभर कोरोना महामारी फैलिएपछि स्वास्थ्य मन्त्रालयले २५ माघ ०७६ मा स्वास्थ्य सामग्री खरिद गर्न प्रक्रिया सुरु गरे पनि ४८ दिनसम्म कुनै निर्णय नै नगरी अन्तिम समयमा प्रक्रिया नै रद्द गरेर सीधै सप्लायर्ससँग वार्ता गरिएको थियो ।

तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल आफैँले वार्ता गरेर १२ चैतमा ओम्नीसँग एक अर्ब २४ करोडको ठेक्का सम्झौता गरेका थिए ।

खरिदसम्बन्धी मूल्याङ्कन गर्नुपर्ने स्वास्थ्य सेवा विभागको लागत मूल्याङ्कन समितिलाई प्रक्रियाबाट बाहिर राख्दै मन्त्री ढकाल मात्र होइन, स्वास्थ्य मन्त्रालयका तत्कालीन सल्लाहकार डा‍‍. खेम कार्की पनि अनधिकृत रूपमा सहभागी भएर हस्ताक्षर गरेका थिए ।

समितिले अख्तियारलाई सोमबार पठाएको पत्रमा खरिद प्रक्रियामा अख्तियारप्राप्त व्यक्तिले अधिकारको दुरुपयोग गरेको, स्वास्थ्य सामग्रीको बजार मूल्यभन्दा बढी रकम तिरेको, कम्पनीका सामग्री उपयोगमा विरोधाभास देखिएकोलगायतका प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस