८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापसे जाँच गर्न प्रहरीलाई ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान

अ+ अ-

डोटी । जिल्लामा मादक पदार्थ सेवन गरे/नगरेका बारेमा जाँच गर्नका लागि प्रहरीलाई सजिलो होस् भन्ने उद्देश्यले नौ थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई उक्त ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरेको हो । सवारी चालकले मापसे गरी सवारी साधन चलाएको छ/छैन भन्ने विषयमा जानकारी लिनका लागि सजिलो होस् भन्ने उद्देश्यले उक्त मेसिन प्रदान गरिएको जिल्ला स्वास्थ्य प्रमुख रमेश मलासीले जानकारी दिए ।

जिल्लामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको सङ्ख्या बढ्दै गएको र सोही कारणले सवारी दुर्घटना बढ्न थालेपछि उनीहरुले कति मात्रामा मादक पदार्थ सेवन गरेको छ भन्ने विषयमा जानकारी लिन उक्त मेसिनले अब जाँच गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । उनले भने, ‘मापसे गरी सवारी चलाउनेको सङ्ख्या बढ्दै गएको पाइयो, अब मेसिनबाट मापसे कति गरेको छ भन्ने सहजै पत्ता लाग्ने र कारवाही गर्न पनि सजिलो हुने भएको छ ।’

यसैगरी सडक दुर्घटना न्यूनीकरण तथा महामारी नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेशको एक मात्र पहाडी जिल्लाको भीमदत्त राजमार्गस्थित डोटीको जोरायल गाउँपालिका–२ बुडरमा स्थापना गरिएको हेल्थ डेस्कलाई पनि दुई थान ‘डिजिटल ब्रेथ अल्कोहल टेस्टर’ प्रदान गरिएको छ । एक थान स्वास्थ्य कार्यालयमै राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उक्त राजमार्गमा सञ्चालन हुने सवारी साधनका चालकलाई दैनिकरूपमा उक्त मेसिनद्वारा मापसे गरे/नगरेका बारेमा जानकारी लिन थालिएकोे छ ।

प्रतिक्रिया दिनुहोस