१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात वटै प्रदेशमा निर्वाचन कार्यालय उद्घाटन

अ+ अ-

काठमाडौैँ ।  निर्वाचन आयोगले सात वटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय उद्घाटन गरेको छ । प्रमुख निर्वाचन आयुक्त निदेशकुमार थपलियाले बुधवार भर्चुअल माध्यमबाट सात वटै प्रदेशका प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन्।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मन्त्रिपरिषद्को गत २६ माघको निर्णयअनुसार सात वटै प्रदेशमा प्रदेश निर्वाचन आयोगका कार्यालय रहने गरी सङ्गठन संरचना स्वीकृत भएको थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा १६ मा निर्वाचन आयोग आफैँले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यकताअनुसार प्रदेश तथा तोकिएबमोजिमको अन्य स्थानमा कार्यालय स्थापना गर्न सक्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्थाबमोजिम आयोगले गरेको सिफारिसका आधारमा हाल प्रदेश राजधानी रहेका मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलाली जिल्लामा साबिकका जिल्ला निर्वाचन कार्यालय खारेज भई आयोगको प्रादेशिक कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

उद्घाटन भएका नयाँ प्रदेश कार्यालयमा उपसचिवको नेतृत्वमा नौ जना कर्मचारी रहनेछन् । कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगलाई नेपालको संविधानबमोजिम सङ्घीय ढाँचा अनुकूल तुल्याउन र आयोगका कामकारबाहीलाई थप प्रभावकारी बनाउन प्रदेश स्तरमा कार्यालय स्थापना गरिएको बताए ।

यसरी स्थापित कार्यालयहरूबाट आगामी दिनमा निर्वाचन व्यवस्थापन, निर्वाचन शिक्षा एवं मतदाता जागरणलगायत आयोगलाई तोकिएका कार्य सम्पादनमा थप सहजता हुने उनको विश्वास छ । साथै जिल्ला निर्वाचन कार्यालयहरूको कामकारबाहीमा पनि प्रभावकारी समन्वय हुने विश्वास थपलियाले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस