६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजिप्टका पूर्वप्रधानमन्त्री गान्जौरीको निधन

अ+ अ-

कायरो । इजिप्टका पूर्वप्रधानमन्त्री कमल अल गान्जौरीको निधन भएको छ । दुई पटक मुलुकको प्रधानमन्त्री भएका गान्जौरीको ८८ वर्षको उमेरमा बुधबार निधन भएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

लामो समयदेखि बिरामी भएर उपचार गराइरहेका गान्जौरीको एयर फोर्स हस्पीटलमा निधन भएको हो ।

उनको निधनप्रति राष्ट्रपति अब्दुल फताह अल सिसिले गहिरो दुःख व्यक्त गरेका छन्। आफ्नो देश र जनताप्रति अति प्रतिबद्ध नेताको रूपमा उनले पूर्वप्रधानमन्त्री गान्जौरीलाई स्मरण गरेका छन् ।

‘उहाँमा स्पष्ट दृष्टीकोण थियो, उहाँ सफल नेता हुनुहुन्छ भने उहाँमा नेतृत्व गर्ने विषेश क्षमता पनि थियो,” राष्ट्रपति सिसिले शोक वक्तव्यमा उल्लेख गरेका छन् ।

उनले इजिप्टको राजनीतिक तथा आर्थिक क्षेत्रमा ठूलो योगदान गरेको पनि राष्ट्रपति सिसिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

गान्जौरीले सन् १९९६ देखि १९९९ सम्म तत्कालीन राष्ट्रपति होस्नी मुवारकअन्तर्गत रहेर प्रधानमन्त्रीका रूपमा काम गरेका थिए। दोस्रो पटक भने सन् २०११ मा उनी प्रधानमन्त्री बनेका थिए। त्यसपछि सन् २०१३ मा उनलाई राष्ट्रपतिको आर्थिक मामिला सल्लाहकारमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस