८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनमा महिलाको अवकाश उमेर बढ्यो

अ+ अ-

किव । युक्रेनमा महिलाको अवकाश उमेर वृद्धि गरिएको छ । नयाँ व्यवस्था यही अप्रिल १ देखि लागू भइसकेको अधिकारीहरुले जनाएका छन् ।

सरकारले सरकारी रोजगारीमा रहेका महिलालाई ६० वर्षपछि अवकाश पाउने व्यवस्था लागू गरिएको घोषणा गरेको हो । युक्रेनमा यसअघि महिलालाई ५५ वर्षपछि अवकास दिने व्यवस्था रहेको थियो । अहिले पाँच वर्ष बढेर पुरुष सरह भएको हो ।

महिलाको पनि अवकाश उमेर ६० वर्ष बनाउने प्रस्तावसहितको विधेयकलाई युक्रेनको संसद्ले सन् २०११ मा नै पारित गरेको थियो । तर त्यो कानूनी व्यवस्था अहिले मात्रै कार्यान्वयनमा आएको हो ।

सरोकारवालाहरुको सुझाव र आग्रहलाई ध्यान दिँदै महिलाको अवकास उमेर वृद्धि गरिएको अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्याङ्क अनुसार युक्रेनमा पुरुषकोभन्दा महिलाको जनसङ्ख्या धेरै रहेको छ ।

पछिल्लो विवरण अनुसार महिलाको जनसङ्ख्या दुई करोड २४ लाख रहेको छ भने पुरुषको जनसङ्ख्या एक करोड ९३ लाख रहेको छ ।
तीमध्ये एक करोड ७६ लाखभन्दा बढी मानिस काम गर्ने समूहका रहेका छन् ।

ती मध्ये ४७.६ प्रतिशत महिला रहेका छन् । युक्रेनमा १५ बर्षभन्दा बढी उमेर भएकालाई काम गर्न सक्ने उमेर समूहमा राख्ने गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस