काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई हजार ७२७ वटा नमूनाको पीसीआर परीक्षण गर्दा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७७ हजार ७६८ पुगेको छ । पछिल्लो २४ घण्टामा १६१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार १२३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ३२ रहेको छ ।