५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेतका सडक कति व्यवस्थित र सुरक्षित, पटक पटक आग्रह गर्दा पनि हटाइएनन् पोल र रुख

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतका सडक निर्माण कार्य भइरहेको छ । निर्माणाधीन सडकको बीचमा बत्तीका पोल र रुखहरू यथास्थानमै राखी सडक कालोपत्रे गरिएको छ । यसरी सडकको बीच बीचमा रहेका बत्तीका पोल र रुखहरूले सडक कतिको सुरक्षित र व्यवस्थित हुन सक्छ ?

वीरेन्द्रनगर-१० स्थित एयरपोर्ट चोकदेखि सानो सुर्खेत सम्म ६.५ किलोमिटर सडक कालोपत्रे गर्दा, रुख र बत्तीको पोल बीचमा छोडिएका छन् । त्यसमै सडक कालोपत्रे गरिएको छ । यसमा कसको दोष भन्नुपर्ला ? निर्माणाधीन कालोपत्रे सडकको बिचमा १५ वटा बत्तीका पोल र रुख छन् ।

सुर्खेत वीरेन्द्रनगरस्थित केही निर्माणाधीन सडकको बीचमा रहेका रुख र बत्तीको पोलमै कालोपत्रे गर्न थालिए पछि त्यहाँका स्थानीयले पनि आपत्ति जनाएका छन् ।

विद्युत् प्राधिकरण सुर्खेतलाई पटक-पटक जानकारी गराउँदा पनि बत्तीका पोलहरू स्थानान्तरण नगरिएको डिभिजन सडक कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी नेत्र विलास पौड्याले बताए ।

विधुत प्राधिकरण सुर्खेतका प्रमुख टङ्क राज गिरीले सडक निर्माणका बारेमा समयमै जानकारी नगराउँदा पोल सार्नमा समस्या भएको बताएका छन् । गिरी भन्छन्,‘सडक निर्माण बारेमा समयमा जानकारी नगराउँदा बत्तीको पोल सार्नमा कार्यालयलाई समस्या भएको हो ।’

यसैगरी सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सडकको बीचमा रहेका पोल र रुख समयमै नहटाए सम्बन्धित निकायलाई कारबाही गरिने बताए । ‘बत्तीको पोल र रुख नहटाएमा सम्बन्धित निकायलाई कारबाहीको प्रक्रिया अगाडि बढाइने छ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ।

प्रतिक्रिया दिनुहोस