५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वायु प्रदुषणका कारण सुर्खेतमा ‘आँखा’ का बिरामी बढे

अ+ अ-

सुर्खेत । सुर्खेतमा हालै भएको वायु प्रदूषणका कारण आँखाका बिरामीको संख्या बढेको छ ।

यही पौष २० गते देखी काठमाडौँ लगायत मुलुकका अन्य स्थानहरुमा अत्यधिक बढेको वायु प्रदूषणका कारण आँखा चिलाउने, पोल्ने, सास फेर्न गाह्रो हुने लगायत विभिन्न किसीमको स्वास्थ्य समस्या देखा पर्न थालेको छ ।

जसअनुसार सुर्खेतमा तीन दीनयता दैनिक एक सय ५० का दरले आँखाका बिरामी संख्या बढेको आँखा अस्पताल सुर्खेतले जानकारी दिएको छ ।

वायु प्रदूषणका कारण आँखा पोल्ने ,चिलाउने ,रातो हुने , आँशु बग्ने र रुघा लागेको जस्तो हुने समस्या देखिएको छ । विशेष गरी बालबालिका र जेष्ठ नागरिक यस्तो समस्या लिएर आँखा अस्पतालमा आउन थालेको अस्पतालका डा.शक्ति प्रसाद सुवेदीले बताए ।

वायु प्रदुषण बढ्दा सुर्खेतको आकाश बाक्लो तुवाँलोले ढाकेको छ । चस्मा नलगाई घर बाहिर हिँड्ने व्यक्तिमा आँखा पोल्ने समस्या देखिएको हो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका, वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा. के . एन. पौड्यल भन्छन्, ‘वायु प्रदुषणले तत्काल आँखामा मात्र असर पुर्‍याएको देखिए पनि यसले तत्काल खासै ठुलो असर नदेखाउने तर दीर्घकालीन फोक्सोको क्यान्सर ,मुटुको समस्या ,श्वासप्रश्वासको समस्या बल्झाउने रहेको छ । ”

प्राय: जसो उपत्यका कचौरा आकारको हुन्छ ,हावा वहदैन् । वन आगलागी , सडकका धुलो र उद्योग कलकारखानाको धुवाँ स्वास्थ्यका हानिकारक हुने जनस्वास्थ्य कार्यालय सुर्खेतका, प्रमुख चेतन नाथ वाग्लेले बताएका छन् ।

त्यस्तै मंगलवार जिल्ला प्रशासन कार्यालय सुर्खेतले वायु प्रदुषण बढ्दै गएकाले ,अत्यावश्यक काम बाहेक बालबालिका तथा जेष्ठ नागरिक बाहिर ननिस्कन विज्ञप्ति मार्फत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस