५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट तथा योजनाको बाँडफाँटमा विभेद गरिएको छैन : मुख्यमन्त्री पौडेल

अ+ अ-

मकवानपुर । वाग्मती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति कार्यक्रममा उल्लेख भएअनुसार प्रदेशको विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान बजेट तथा योजनाको बाँडफाँट गरिएको बताएका छन् ।

मुख्यमन्त्री पौडेलले प्रदेशसभाको हिजो बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेलले उठाएको विभिन्न प्रश्नको आज स्पष्टीकरण दिँदै सरकारले कुनै राजनीतिक स्वार्थबाट प्रेरित नभई आर्थिक मापदण्ड अपनाएर नै स्वर्गीय मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख उपलब्ध गराएको बताए । उनले आर्थिक मापदण्ड तयार पारी प्रदेशभित्र इन्धनबाट चल्ने सबै प्रकारका सवारी साधनलाई निषेध गर्दै अब विद्युतीय बस सञ्चालन गर्ने प्रक्रिया शुरु गरिसकिएको र सो अभियानमा प्राविधिकले दिएको राय सुझावअनुसार बस सञ्चालन गर्ने रुट निर्धारण गरिसकिएको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँलगायत प्रदेशका विभिन्न जिल्लाको शहरमा जोड्ने विद्युतीय बस सञ्चालनका लागि प्रथम चरणमा ३० वटा बस खरीदका लागि बोलपत्र आह्वान गरिसकिएको जानकारी दिए ।

उनले विद्युतीय बस सञ्चालनका लागि अहिले त्रिभुवन राजपथ, नारायणगढदेखि काठमाडौँलगायत १० शहरमा ५० विद्युत् चार्जिङ स्टेशन निर्माणका लागि नेपाल विद्युत् प्रधिकरणले बोलपत्र आह्वान गरिसकिएको र केही महीनाभित्रै चार्जिङ स्टेशनको निर्माण भइसक्ने बताउनुभयो । आगामी आव २०७८/७९ को भदौ महीनाको पहिलो हप्तासम्म विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको मुख्यमन्त्रीले अवगत गराए ।

उनले सरकारले विभिन्न जिल्लाको अस्पतालको स्तरोन्नति दक्ष जनशक्तिको चिकित्सकको दरबन्दीको सिर्जना, अत्याधुनिक प्रयोगशालाको स्थापना गर्नुका साथै उच्च शिक्षा अध्यापनका लागि मेडिकल र प्राविधिक विश्वविद्यालय स्थापना गर्दै लैजाने लक्ष्य रहेको छ भने ।

मुख्यमन्त्री पौडेलको स्पष्टीकरणप्रति पछि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दलका नेता जम्मकट्टेलले सरकारले आर्थिक कार्यविधि र नियमावली तयार नगरी आफ्नो राजनीतिक स्वार्थ परिपूर्ति गर्ने उद्देश्यले बिना कार्यविधि नै फाउण्डेशनलाई रु ५० लाख दिएको भन्दै त्यसबारे थप स्पष्ट पार्न आग्रह गरे । उनले विद्युतीय बस सञ्चालन गर्ने प्रक्रियालाई पुनः सबै प्रतिपक्षसँग बसेर विचारविमर्श गरी मापदण्ड तयार गर्नुपर्ने माग गर्दै आफ्नो पार्टीले बैठक अवरोध गर्ने बताए ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले नेकपा (माओवादी केन्द्र)का सांसदको अवरोधका कारण आज बस्ने दोस्रो बैठक पनि अवरुद्ध भई यही चैत २६ गते दिनको ११ बजे बस्ने गरी आजको बैठक स्थगन गरेका थिए ।

आजको बैठकमा पेश हुने विभिन्न कार्यसूचीको प्रस्ताव स्थगन गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस