१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोरोना भाइरस संक्रमण उच्च रहेको र खुला सीमानाका कारण नेपालमा पनि जोखिम उच्च रहेकाले सावधानी अपनाउन आग्रह गरेका हुन्।

ओलीले अहिले नै सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्नेस्थिति आउन सक्ने भएकाले सबै सचेत भइ सावधानी अपनाउनुपर्ने बताएका छन् । उनले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोरोना संक्रमणबाट जोगिन सकिने बताए।

उनले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु, हाम्रो जनजीवनलाई ठप्प पनि नगरौँ तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौँ भने। हामी सावधान हुनुपर्छ अहिलेदेखि दूरी कायम गर्ने, मास्क लगाउने। हामीले काभिड–१९ लाई अवसर नदिऔँ।’

तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोरोना संक्रमणबाट जोगिन सकिनेसमेत उनले बताए। कोरोना विरुद्धको खोपले पनि शत प्रतिशत काम नगर्ने भएकाले सावधानी नै अपनाउनु सबैभन्दा सुरक्षित विधि रहेको ओलीले बताएका छन् ।

‘अलि तातोतातो पानी लिँदै, नाक स्याकस्याक गरेर सफा गरिदिऔँ। पहिले गएर नाकमा बस्ने हो कोरोना, त्यहीँबाट फालिदिएपछि चैट। नुन पानीले गालगुल गरिदियो। सकिन्छ भने अम्बाका दुईवटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट। त्यति गर्दाखेरी धेरै सुरक्षित भइन्छ। अब हन्ड्रेड प्रतिशत सुरक्षित त भ्याक्सिनले पनि गर्दैन। भ्याक्सिनले पनि केही प्रतिशत सुरक्षित गर्ने हो। केही प्रतिशत बाँकी रहन्छ। त्यही केही प्रतिशतभित्र परियो भने गैगयो नि। त्यसकारण पूर्ण भन्ने कुरा शत प्रतिशत केहीपनि छैन। तर हामीले सावधानी अपनाउनु पर्छ’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस