९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजार पूँजीकरण जिडिपीको हाराहारीमा

अ+ अ-

काठमाडौँ । लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पूँजीकरणमा परेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारको कारोवारपछि बजार पूँजीकरण ३७ खर्ब पुगेको छ । यो नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) को हाराहारी हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ३७ खर्ब दुई अर्ब ८१ करोड ८९ लाख ५० हजार बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्से र कूल गार्हस्थ उत्पादनको आकार झण्डै समान भएको हो । आज नेप्से २.७४ बिन्दुले उकालो लागेर दुई हजार ६७४.३५ मा पुगेको छ । नेप्सेका उचाइ पनि हालसम्मकै माथि हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२८ बिन्दुले घटेर ४७६.५१ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ३३ लाख ७६ हजार कित्ता शेयर रु छ अर्ब ५५ करोड ६६ लाख १६ हजार ६८० मा कारोवार भएको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १.८९, होटल तथा पर्यटन २९.७९, विकास बैंक २०.६२, वित्त ३९.४३, लघुवित्त १०६.१३, जीवन बीमा ९१.९८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ३२.०१, जलविद्युत् २३.३३, निर्जीवन बीमा ६२.६३, उत्पादन २२.५१ र लगानी ०.४३ ले ओरालो लागेको छ ।

कारोवारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड १३ लाख ४४ हजार ११३ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल पूर्वाधार बैंक रु २५ करोड ५५ लाख २४ हजार १४९, नेपाल बैंक रु २४ करोड सात लाख २४ हजार ७३८, चन्द्रागिरि हिल्स रु २२ करोड ४४ लाख ११ हजार ८४४ र नबिल बैंक रु १८ करोड १७ लाख ५० हजार ९७७ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

यसैगरी एनआइसी एशिया लघुवित्त ९.९४, ग्रीन लाइफ हाइड्रो ९.९२, ज्योति लाइफ इन्स्योरेन्स ९.७९, मल्टिप्रपोज फाइनान्स ९.७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले ९.६८ प्रतिशतले कमाए । यसैगरी, युनिभर्सल पावर ४.४२, रसुवागढी हाइड्रोपावर ४.१७, अजोड इन्स्योरेन्स ३.६५, एनआइसी एशिया ग्रोथ फण्ड ३.५७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ३.५४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस