९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध ल्याउने पक्राउ, सङ्गठित अपराधका दोषी कारागार चलान

अ+ अ-

काठमाडौँ । निषेधित लागुऔषधसहित चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

निषेधित लागुऔषध ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारगन र ३०० एम्पुल नुर्फिनसहित बारा कलैया उपमहानगरपालिका–४ घर भएका २० वर्षीय आश्रय आलमलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नागढुङ्गास्थित सुरक्षा चौकीमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको ना८ख ७१९५ नंको बसमा जाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

सङ्गठित अपराध मुद्दाका फरार व्यक्ति पक्राउ

उता मानव बेचबिखन तथा ओसारपसार एवं सङ्गठित अपराध मुद्दाका फरार प्रतिवादी काठमाडौँ गोकर्णेश्वर नगरपालिका–९ जोरपाटी बस्ने झापा कन्काई नगरपालिका–५ घरका ३८ वर्षीय राजन भन्ने जगतबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७६ साल चैत २ को फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र रु ५० हजार जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट पक्राउ गरेको सिआइवीले आज एक सूचना जारी गरी जनाएको छ ।

उनले ओमानमा घरेलु कामदारका रुपमा रोजगारी दिलाउने प्रलोभनमा पारी विनाश्रम स्वीकृति गैह्रकानूनी तरिकाले २०७३ साल फागुन १३ मा पीडितबाट रु तीन लाख ५० हजार रकम लिई भिजिट भिसामा युएईको दुबई पठाएका थिए ।

ओमनको सीमावर्ती क्षेत्रमा पीडितलाई बन्धक बनाई शारीरिक, मानसिक र आर्थिक यातना दिई शोषण गरिराखेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र दुबईस्थित नेपाली राजदूतावास समेतको सहकार्यमा पीडितलाई उद्धार गरिएको थियो । उनलाई जिल्ला अदालत काठमाडौँको आदेशले आजै कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस