१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबैले सम्मान गर्ने गरी निजामती कर्मचारी ऐन अघि बढाइने छ, संविधान मिच्ने सरकार हटाइनुपर्‍यो : अध्यक्ष प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समितिबाट पारित भई प्रधानमन्त्रीको टेबुलमा थन्क्याएर राखिएको निजामती कर्मचारी ऐन सबैले सम्मान गर्ने खालको परिस्थिति सिर्जना गरी अघि बढाइने बताएका छन् । शनिवार नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको चौथो केन्द्रीय परिषद् मा बोल्दै उनले कर्मचारीहरूलाई टुक्रा टुक्रामा विभाजित गर्ने गरी समितिबाट पारित भई प्रधानमन्त्रीको टेबुलमा थन्क्याएर राखिएको ऐनलाई सबैले सम्मान प्राप्त गर्ने खालको परिस्थिति सिर्जना गरी अघि बढाइने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अहिलेको सरकार संविधानप्रति इमानदार र निष्ठावान् नभएको भन्दै संविधान मिच्ने सरकारलाई हटाइनुपर्ने जिकिर गरेका छन् ।

‘कर्मचारीहरूलाई टुक्रा टुक्रामा विभाजित गर्ने अनि सङ्घ प्रदेश र स्थानीय तहको बीचमा आवश्यक तालमेल मिलाउनको निम्ति मुख्य कुरा त्यो निजामती कर्मचारी ऐन जो राज्य व्यवस्था समितिबाट पारित भई प्रधानमन्त्रीको टेबुलमा थन्क्याएर राखिएको छ त्यसलाई अगाडी बढाउने, र सबैले सम्मान प्राप्त गर्ने खालको परिस्थिति सिर्जना गरिने छ, उनेल भने, ‘त्यसको निम्ति प्रधानमन्त्री को ? भन्ने भन्दा पनि सरकार संविधानप्रति इमानदार र निष्ठावान् हुनपर्‍यो, संविधान मिच्ने सरकार हटाइनुपर्‍यो ।’

अध्यक्ष प्रचण्डले आफूले ट्रेड युनियनका अधिकार बढाइनुपर्छ भन्ने कुरा यस अघि पार्टी एकता भएको बेला पनि भन्दै आएको बताए । उनले भने,‘ट्रेड युनियनको अधिकार बढाइनुपर्छ भनेर भनेका थिए, मन्त्री र मेरो भाषा मिलेको थिएन एउटै पार्टी हुँदा पनि ।’

उनले सबैले सङ्घर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको संविधान भएको भन्दै केही अपुग छ भने परिमार्जन र संशोधन गरेर अगाडी बढ्नु पर्ने बताउँदै त्यसका लागि कर्मचारीहरूको मुख्य भूमिका रहेको बताएका छन् । छिट्टै नयाँ सरकार गठन गरी कालो बादल हटाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस