८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असहाय तीन परिवारलाई घर हस्तान्तरण

अ+ अ-

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिकाको सहकार्य तथा कर्मफ्लाइट्सको भूकम्परहित घरबास निर्माण परियोजनाको आर्थिक सहयोगमा बन्दीपुर–२ का तीन घरपरिवारलाई घर हस्तान्तरण गरिएको छ ।

गरिब तथा असहाय परिवारलाई घर निर्माण गरी परियोजनाको तर्फबाट प्रेमबहादुर कुँवर, कृष्ण पाण्डे र गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले संयुक्तरूपमा घरको चाबी हस्तान्तरण गरेका हुन् । स्थानीय मनमाया भुजेल, मङ्गल विक र गोरे विकका परिवारलाई घर हस्तान्तरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिए ।

भुजेलको ऐलानी र विकद्वयको जग्गाधनी प्रमाणपत्र भएको जग्गा व्यवस्था गरी परियोजनाको सहयोगमा घर निर्माण गरिएको उनले बताए । सोही वडास्थित बगैँचाभित्र बसोबास गर्दै आएका विकका दुई घरपरिवारलाई बगैँचाबाट बाहिर बस्नका लागि विसं २०७२ मा ब्लकमा परेको जग्गाको पुर्जा वितरण गरिएको उनले जानकारी दिए ।

बगैँचाको संरक्षण गर्नुपर्छ भनेर बगैँचाभित्र रहेका घरलाई बाहिर बस्नका लागि पुर्जा दिलाएको स्थानमा घर निर्माण गरिएको हो । उनले भने, “उक्त पुर्जा भएको स्थानमा विकका दुई घर र भुजेलको ऐलानी जग्गामा घर निर्माण गरिएको हो ।” लामो समयदेखि भुजेल परिवार सोही स्थानमा बस्दै आएकाले सोही स्थानलाई कायम गरी घर निर्माण गरिदिएको गाउँपालिकाले जनाएको छ ।

दशैँअघि घर निर्माण थालिए पनि काम गर्ने जनशक्ति अभावमा ढिलाइ हुन गएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए । तीनवटै घरपरिवारलाई करिब चार आनाका दरले जग्गा उपलब्ध गराइएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस