१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सनातन धर्ममाथि बाह्य अतिक्रमण भयो -पूर्व राजा शाह

अ+ अ-

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले हिन्दु सनातन धर्म, परम्परामाथि बाह्य अतिक्रमण भएको टिप्पणी गरेका छन् ।

महाकुम्भ स्नानका क्रममा आइतबार बिहान हरिद्वार पुगेका शाहले हरिद्वारस्थित निरञ्जनी अखडामा महामण्डलेश्वर, मण्डलेश्वर, पीठाधीश, सन्त महन्त र साधुहरूलाई सम्बोधन गर्दै धर्म बचाउने र संस्कृतिको रक्षा गर्ने दायित्व आएकोसमेत बताएका छन् ।

‘कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यता केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनी संस्कारमा ह्रास आएको कुरा साँचो हो,’ पूर्व राजाले गरेको सम्बोधनमा भनिएको छ, ‘अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नु छ । हाम्रा मठमन्दिर, देवस्थल र धामहरूको विकास गर्नु छ । हाम्रा नदीहरूको प्रवाह स्वच्छ पार्नु छ ।’

हरिद्वारमा आयोजित महाकुम्भ मेलामा आमन्त्रित गरेकाहरूलाई धन्यवाद दिँदै पूर्व राजा ज्ञानेन्द्रले जल, स्थल र आकाशलाई विषाक्त बनाउँदै लगिएको अहिलेको प्रदूषणयुक्त विश्वलाई अमृतमय बनाउन कुम्भ मेलाको औचित्य रहेको पनि उल्लेख गरेका छन् । ‘भारत वर्ष, हाम्रो आर्यावर्त र भरत खण्ड, यो भूखण्ड, हाम्रा यी हिमशृङ्खला, हाम्रा यी अनेकौँ नदीको महत्त्व महान् छ,’ पूर्व राजाले भनेका छन्, ‘हजारौँ वर्षअघिदेखिको हाम्रो सभ्यता, हाम्रो धर्म, परम्परा तथा सनातनिक संस्कृति विश्वमै बेजोड छ ।’

पूर्व राजा शाहले सोमबार साधु सन्तहरूका साथ हरिद्वारमा शाही स्नान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस