२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ वर्ष मनाउँदा स्वास्थ्य मापदण्ड ख्याल गर्न सेना प्रमुखको आह्वान

अ+ अ-

कोलम्बो । स्थानीय नयाँ वर्ष मनाउँदा कोरोना भाइरसबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड ख्याल गर्न श्रीलङ्काका सेना प्रमुखले आह्वान गरेका छन् ।

कोरोना भाइरसको महामारी फैलिँदै गइरहेका बेला श्रीलङ्कामा नयाँ वर्ष मनाउन लागिएकाले ख्याल गर्न सेना प्रमुख शभेन्द्र सिल्भाले सोमबार आह्वान गरेका हुन्। कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रिय कार्यदलका प्रमुखसमेत रहनुभएका सिल्भाले नयाँ वर्ष मनाउने नाममा होस् नपुर्याउँदा ठूलो क्षति हुनेतर्फ सबैको ध्यानाकर्षण गराएका छन् ।

उनले स्थानीय नयाँ वर्ष मनाउने बेलामा आपनाउनु पर्ने आठ निर्देशिका सरकारले जारी गरेको उल्लेख गर्दै त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । घरबाट बाहिर निस्केपछि पूरै समय सबैले मुखमा मास्क लगाउनुपर्ने, भीडभाडमा जानु नहुने, आफुले पनि भीडभाड गर्न नहुने निर्देशिकामा उल्लेख गरिएको छ । त्यसैगरी सामाजिक दूरी कायम गर्नुपर्ने, हातमा सेनिटाइजर लगाइरहनुपर्ने वा साबुन पानीले निरन्तर हात धोइरहनु पर्नेलगायतका मापदण्ड पनि निर्देशिमामा समावेश गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

श्रीलङ्कामा आगामी मङ्गलबार र बुधबार सिन्हाला र तमिल नयाँ वर्ष मनाइँदै छ । नयाँ वर्ष मनाउने क्रममा शुभकामना आदानप्रदान गरिने, एकै ठाउँमा धेरै जना भेला हुने, नाचगान गरिने, सँगसगै खानपीन गरिनेलगायतका गतिविधि गरिने भएकाले सतर्कता बढी अपनाउन अधिकारीहरुले आग्रह गरेका हुन् ।

श्रीलङ्कामा कोरोनाभाइरसका कारण अहिलेसम्म ९५ हजार १३१ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमितमध्ये दुई हजार ९०२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने ५९८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस