८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३ दिन मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

अ+ अ-

काठमाडौँ । हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभावले तीन दिन मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा हाल देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बादल र बाँकी भू–भागमा आंशिक बादल रहेको उल्लेख छ। आज दिउँसो प्रदेश १ र सूदरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने छ। प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार शनिबार दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा र तराईका एक दुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राती देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भागका थोरै स्थानमा अपरान्ह र साँझतिर मेघगर्जन,चट्टयाङ्ग रहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस