९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्नपूर्ण हिमालमा नेपाली महिलाको सफल आरोहण

अ+ अ-

म्याग्दी । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा आज पहिलो पटक नेपाली महिला टोलीले सफल आरोहण गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल आरोहण गरेको हो । काठमाडौँको सेभेन समिट ट्रेकीङ कम्पनीमार्फत उनीहरु गत चैत ८ गते नारच्याङ हुँदै पैदलमार्ग भएर अन्नपूर्ण आरोहणमा गएका थिए ।

सेभेन समिट ट्रेकिङका अध्यक्ष निग्मा शेर्पाले पूर्णिमालगायत छ नेपाली महिला पर्वतारोही टोलीले आज अपराह्न १ः३० बजे अन्नपूर्णको सफल आरोहण गरेको जानकारी दिइन् । ‘अन्नपूर्ण प्रथम हिमालमा नेपाली महिलाले पहिलो पटक आरोहण गरेका हुन्’, उनले भनिन् ‘जोखिमयुक्त र कठिन मानिने अन्नपूर्णमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन ।’

टोलीमा पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमासहित दावा याम्जुङ शेर्पा, दावा फुटी शेर्पा, माया शेर्पा, पासाङ ल्यामु शेर्पा र शर्मिला तामाङ सहभागी थिए । पथप्रर्दशक पेम्बाको सहयोगमा उनीहरुले अन्नपूर्ण आरोहण गरेका हुन् ।

पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार छिन् । उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन् । फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन् १९५० जुन ३ तारेखका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेकी थिइन् ।

अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानवपाइला परेको जेठो हिमाल हो । पूर्णिमाको टोलीको नाममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने प्रथम नेपाली महिला आरोहीको किर्तिमान बनेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

‘पूर्णिमाको टोली म्याग्दीको नाच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज’ पदमार्गको प्रयोग गरेर आरोहणमा जाने पहिलो टोली पनि हो’, उनले भने ‘मौरिसले आरोहण गरेको ७० वर्षपछि नारच्याङ हुँदै आधार शिविरलाई पदमार्गले जोडेर पर्वतारोही भित्र्याउन थालेका छौँ ।’

सो टोलीलाई अन्नपूर्ण आरोहणका लागि गण्डकी प्रदेश सरकारले रु आठ लाख, गाउँपालिकाले रु चार लाख, गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले व्यक्तिगतरुपमा रु एक लाख सहयोग गरेका छन् ।

गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको गाउँपालिकाले मौरिज हर्गोज पदमार्ग नामाकरण, नक्साङ्कन, पूर्वाधार निर्माण र प्रर्वद्धन शुरु गरेको छ । अन्नपूर्ण प्रथमको आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको सङ्ख्या असाध्यै कम छ ।

यसअघि आरोही हेलिकप्टरबाट आधार शिविर जाने गरेका थिए । मुस्ताङको कुञ्जो हुँदै आधार शिविर जाने पदमार्ग जोखिमयुक्त र घुमाउरो थियो । विसं २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर जोड्ने पदमार्ग पहिचान गरेका थिए । नारच्याङ तेस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ ।

पर्यटन विभागले रु दुई करोड बढीको लागतमा हुमखोलादेखि आधार शिविर जोड्ने पदमार्गको स्तरोन्नति गर्न शुरु गरेको छ । जोखिमपूर्ण र कठिन भएकाले आरोहण गर्नेको सङ्ख्या कम भएको हो ।

प्रतिक्रिया दिनुहोस