७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आमालाई बेवास्ता गर्ने छोरीसहित ज्वाइँ पनि जेल चलान

अ+ अ-

काठमाडौँ । सम्पत्ति हडपेर ८४ वर्षीया आमालाई बेवास्ता गर्ने छोरी सुष्मासँगै ज्वाई कमलप्रसाद रेग्मी पनि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशले उनलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

सुष्मा रिजाल रेग्मीलाई पनि अदालतको यसअघि नै आदेशमा जेल पठाइ सकेको छ । उनीहरु दुवैलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।

उनीहरूमाथि ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको अभियोग छ। जेल चलान गरिएको कमलप्रसाद जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक हुन् भने सुष्मा नेपाल राष्ट्र बैंककी निर्देशक हुन् ।

आफूसँग भएको सबै सम्पत्ति जालसाजीपूर्वक लिई व्यवास्था नगरेपछि आमा शोभाले छोरी सुष्मा र ज्वाइँ कमलप्रसादविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन् ।

भूपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुनचाँदीसहित करिब तीन करोड रुपैयाँ नगद छोरी सुष्माले जालसाजीपूर्वक झिकेकी थिइन् ।त्यसबाहेक भूपेन्द्रप्रसादको नाममा सिर्जना फाइनान्स र अरनिको सहकारीमा रहेको सम्पत्ति पनि कमलप्रसादले झुक्याएर झिकेका थिए । प्रहरीका अनुशार शोभाको नाममा विभिन्न कम्पनीमा रहेको सेयर पनि सुष्मा र कमलप्रसादले अनधिकृत रूपमा झिकेका थिए ।

प्रहरीका अनुसार सुष्माविरुद्ध ज्येष्ठ नागरिक ऐन ०६३ अनुसार मुद्दा चलाइएको छ । ऐनको दफा ४ मा ‘कसैले पनि ज्येष्ठ नागरिकलाई इच्छाविपरीत परिवारबाट अलग राख्न पाइनेछैन’ भनी उल्लेख छ । ‘ज्येष्ठ नागरिकको चल–अचल सम्पत्ति प्रयोग वा उपयोग गर्ने परिवारको कुनै सदस्य, नातेदार वा हकवालाले निजलाई आफूसँगै राखी पालनपोषण तथा हेरचाह गर्नुपर्नेछ’ सोही दफाको उपदफा ५ मा उल्लेख छ ।

यदि परिवारबाट अलग गरे वा अवहेलना गरे प्रहरीमा जाहेरी दिन सक्ने पनि सोही ऐनको दफा ५ मा उल्लेख छ । जाहेरीपछि कसुर गर्नेविरुद्ध एक वर्षदेखि पाँच वर्ष कैद र बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनको दफा २६ मा व्यवस्था गरिएको छ ।

ऐनको दफा २६ को उपदफा २ मा भनिएको छ, ‘हेरचाह केन्द्र वा दिवासेवा केन्द्रका प्रमुख, सञ्चालक, कर्मचारी वा अन्य कुनै व्यक्तिले ज्येष्ठ नागरिकको सम्पत्ति लिने बद्नियतले कुनै काम गर्नु गराउनु हुँदैन । कसुरको मात्राअनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुनेछ ।’

प्रतिक्रिया दिनुहोस