८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज महानगरभित्रका शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन

अ+ अ-

वीरगञ्‍ज । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाभित्रको शैक्षिक संस्था बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ ।

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रलाई भौतिक रुपमा उपस्थित नभइ भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर शैक्षिक गतिविधि सञ्चालन गर्न गराउन निर्देशन दिएको हो ।

मंगलबार प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सूचना जारी गर्दै त्यस्तो निर्देशन दिएका हुन् । सरकारले वीरगञ्ज महानगरपालिकालाई उच्च जोखिममा राखेर विद्यालय बन्द गर्न निर्देशन दिएको छ । वीरगञ्‍जमा वैशाख १२ गतेदेखि दुई सिफ्ट गरेर परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

यस्तै प्रशासन कार्यालयले विद्यालय र कलेजको पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमको प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न भनेको छ ।

महानगरपालिकाले कक्षा १ देखि ५ सम्म मूल्यांकन विधिको आधारमा कक्षा उतिर्ण गर्न भनेको भएपनि निजी शैक्षिक संस्थाले परीक्षा लिने तयारी गरिरहेका छन् ।
त्यसैगरी सिनेमाहल पार्टी प्यालेस, जिमखाना, स्विमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार र रंगशालामा हुने दर्शक सहितको खेलकुद, मनिसहरुको भिडभाड हुने कुनैपनि कार्यक्रम बैशाख मसान्तभित्र नगर्न आदेश जारी गरेका छन् ।

त्यस्तै सार्वजकि स्थल मठ मन्दिर भिडभाड हुने कुनैपनि कार्यक्रम नगर्न र बैशाख महिना विवाहको लगन भएको महिना भएकोले पार्टी प्यालेसहरु विवाहका लागि यसअघिदेखि नै बुकिङ भएका छन् । त्यसैगरि सूचनामा सार्वजनिक यातायात सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस