९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहका कर्मचारीको सरुवा खुल्यो, निवेदन दिने मिति वैशाख २० सम्म !

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवाका लागि निवेदन आव्हान गरेको छ ।

मन्त्रालयले बुधवारको मन्त्रिस्तरीय निर्णय अनुसार इच्छुक कर्मचारीलाई नियुक्ति पत्र र निवेदन इमेलमार्फत पठाउन भनेको हो ।

‘लोक सेवा आयोगको सिफारिसबाट स्थानीय तहमा स्थायी नियुक्ति भई आफूलाई पायक पर्ने अन्य स्थानीय तहमा कामकाजमा खटिई जान इच्छुक कर्मचारीले जाने र छाड्ने दुवैतर्फको स्थानीय तहको अध्यक्ष÷प्रमुख र प्रमुख प्रशासकीय अधिकृत दुवै जनाको हस्ताक्षर भएको सरुवा भई जान र आउन दिएको सहमति पत्र, स्थानीय तहका भएको नियुक्ति पत्र र कामकाजको लागि अनुरोध गरी दिएको निवेदन संलग्न गरी यस मन्त्रालयको इमेल ठेगाना मा मिति २०७८ वैशाख २० गतेसम्म इमेल गर्नुपर्ने’ मन्त्रालयले भनेको छ । उक्त अवधि पश्चात् प्राप्त हुने निवेदन उपर कुनै कारबाही नहुनेसमेत मन्त्रालयले जनाएको छ ।

सरुवासँग सम्बन्धित निवेदन मन्त्रालयमा दर्ता नगरिने र नबुझिइने हुँदा अनिवार्यरुपमा इमेलमार्फत पठाउनु पर्ने मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म मन्त्रालयमा दर्ता भएका वा इमेल गरिएका निवेदनहरू उपर यस अघिकै कागजातका आधारमा आवश्यक निर्णय गरिने हुँदा पुनः इमेल गरी राख्न पर्नेछैन । प्राप्त निवेदन तथा अन्य आवश्यक कागजातहरू अध्ययन गरी आवश्यकता र प्राथमिकताको आधारमा कामकाजसँग सम्बन्धी निर्णय क्रमशः गरिने र कामकाजमा खटाइएको पत्र विद्युतीय माध्यममार्फत नै सम्बन्धित व्यक्ति वा कार्यालयमा पठाइने र मन्त्रालयबाट पत्र उपलब्ध गराइनेभएकोले व्यक्ति मन्त्रालयमा उपस्थित हुन नपर्ने पनि मन्त्रालयले जनाएको छ ।

यसैगरी लोक सेवा आयोगमा पदपूर्तिका लागि माग गरिएका, समायोजन संशोधनमार्फत पदपूर्ति भएका, एउटा पदको लागि एकभन्दा बढी सहमति प्रदान गरिएका पदहरूमा काज काजमा नखटाइने पनि मन्त्रालयले जनाएको छ साथै विगतमा सहमति प्रदान गरिएको भएता पनि हाल कामकाजको लागि नखटाई दिन अनुरोध भइ आएका स्थानीय तहहरुमासमेत कर्मचारी खटाइने छैन ।

मन्त्रालयले यसअघि पनि विभिन्न समयमा मन्त्रिस्तरीय निर्णयबाट स्थानीय तहका कर्मचारीको सरुवा गर्दै आएको छ । जुन कानूनसम्वत नभएको भन्दै प्रशासन क्षेत्रबाट त्यसको विरोधसमेत हुँदै आएको छ तर सामान्य प्रशासन मन्त्रालयले भने सरोकारित मन्त्रालयका हिसाबले आई पर्ने बाधा अड्चन फुकाउने काम सामान्य प्रशासन मन्त्रालयको भएकोले आवश्यकताअनुसार व्यवस्थापन गर्नुपरेको जनाउँदै आएको छ ।

त्यसो त कतिपय उच्चपदस्थ कर्मचारीले स्थानीय तहका कर्मचारीको सरुवालाई रोग सल्केकोसमेत बताएका छन् । पछिल्लो समय रोगकै रूपमा भित्रिएको सरुवा अव स्थानीय तहमा पनि सुरु भएको र यसले थप अस्थिरता निम्त्याउने एक सचिवले बताए । ‘सङ्घकै सरुवा रोग अव स्थानीय तहमा पनि सर्‍यो’ ती सचिवले प्रशासन सिँहदरवार ब्युरोलाई भने, ‘सङ्घीयकै कर्मचारीको सरुवा रोइलोमा अल्झिएको सामान्य प्रशासन अव स्थानीयमा पनि विस्तार भएपछि के हालत हुन्छ भन्ने कुरा केही दिनपछि नै सुरु भई हाल्छ ।’

प्रतिक्रिया दिनुहोस