९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवामा पुनः देखिन थाले कोरोना सङ्क्रमित

अ+ अ-

रसुवा । लामो समयदेखि शून्यतामा झरेको कोभिड–१९ सङ्क्रमण पुनः देखिन थालेपछि रसुवामा थप सजकता अपनाइएको छ । उत्तरगया गाउँपालिका–५ पहिरेबेसीँ गाउँक्षेत्रमा बसोवास गर्ने ६०, ३३ एवम् ३२ वर्षका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा पूर्व सावधानी अपनाउन र स्वास्थ्यकर्मीले परामर्श सेवा दिन समेत थालिएको छ ।

घर नजिकको निर्माणाधिन एक जलविद्युत् आयोजनामा काम गर्न जानुपूर्व तीन जना मजदूरले त्रिशूली अस्पताल नुवाकोटमा स्वाव परीक्षण गराउँदा पोजेटिभ आएपछि उनीहरूलाई होम आइसोलेशनमा राखिएको जनस्वास्थ्य अधिकृत मनिषा देवकोटाले जानकारी दिए ।

सो आयोजनाले कामदार लिनुपूर्व पिसिआर परीक्षण रिपोट माग्ने गरेको छ । उनीहरूलाई ज्वरो तथा रूघाखोकीजस्ता कुनै लक्षणको समस्या नदेखिएको र गाउँ समाजमा सर्न सक्ने सम्भावनालाई मध्येनजर राख्दै सङ्क्रमित तीनै जनालाई जनस्वास्थ्यको मापदण्डका बारेमा आवश्यक परामर्शसमेत दिई अनुगमन भइरहेको बताइएको छ ।

उनीहरू नियमित घरेलु काम गर्दै आएका व्यक्ति भएकाले सामान्य खालको सङ्क्रमण हुनसक्ने आँकलन गरी पूर्णरूपले सजकता अपनाइएको स्थानीय बासिन्दाले बताएका छन् । यस्तै कोरोना नियन्त्रणका लागि नियमितरूपले मुखमा मास्क लगाउने, साबुनपानीले हातधुने, सामाजिक दूरी कायम गर्ने गराउने, सार्वजनिक स्थालमा कामको प्रकृति हेरी २५ जनाभन्दा बढी भेला नहुने, भेला भएपनि स्वास्थ्यको मापदण्ड पूरा गराउनुपर्ने, मठमन्दिर तथा गुम्वामा पूजारीबाट मात्र नित्य पूजापाठ गर्न गराउन आग्रह गरी सकिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक ईश्वरीप्रसाद ढकालले जानकारी दिए ।

यही वैशाख ६ गते नेपाल सरकार मन्त्रिपरिषद् बैठकले गरेको निर्देशनात्मक विषय वस्तु तदारूक्ताका साथ कार्यान्वयन गराउन जिल्लामा कार्यरत सबै सुरक्षा अङ्गलगायत सरोकारवाला निकायलाई आग्रह गरिसकेको र रोगप्रति सजक रही मानवलाई सङ्क्रमणबाट जोगाउने कार्यमा सबै क्षेत्रको सहयोग अपरिहार्य भएको प्रजिअ ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस