८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अति सङ्कटापन्न खरमयुर गणनाका लागि कर्मचारी र विशेषज्ञसहित पाँच जनाको टोली

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न दुर्लभ खरमयुरको गणना शुरु गरिएको छ । खरमयुरको अवस्था, सङ्ख्या, बासस्थानसँगै आहाराको पर्याप्तताबारे अध्ययन र अनुगमनको कार्य अगाडि बढाइएको हो ।

निकुञ्जका कर्मचारी, चरा विशेषज्ञसहितको पाँच जनाको टोली खरमयुरको अवस्था पत्ता लगाउनका लागि खटिएको छ ।

‘हेडकाउन्टका आधारमा गणनाको कार्य भइरहेको छ’, निकुञ्ज कार्यालयका सहायक सरक्षण अधिकृत रविन चौधरीले भने, ‘निकुञ्ज क्षेत्रभित्र विभिन्न प्वाइन्ट र पोष्टमा गणनाको कार्य भइरहेको छ ।’ तीन दिन अघिदेखि थालिएको गणना तथा अनुगमनको कार्य एक साताभित्रै सम्पन्न हुने उनले बताए ।

खरमयुरको बास स्थानका रुपमा रहेको घाँसे मैदान र खरका फाँटमा बर्सेनि लाग्ने डढेलोले समस्या निम्त्याउँदै आएको छ । उक्त मयुरको अधिक सङ्ख्या रहेको निकुञ्जका रुपमा यसलाई लिइने गरिन्छ । पोथी र अर्धवयस्क खरमयुर खैरो र कैलो हुने गर्दछ । यसको लम्बाइ ६६ सेन्टिमिटरसम्म हुने गर्दछ ।

प्रायः घाँसे मैदानमा पाइने लामा खुट्टा, मजबुद शारीरिक बनावट, लामो घाँटी र टाउकोमा कल्कीजस्तो देखिने यसका पोथी र बच्चा खैरा हुन्छन् । प्रजनन समयमा बयस्क भाले प्रायः कालो देखिन्छ । पखेटा भने सेता हुन्छन् । यसलाई अङ्ग्रजीमा बेङगाल फ्लोरिक्यान भनिन्छ । संरक्षणका हिसाबले यो अति सङ्कटापन्न अवस्थामा रहेको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई अति सङ्कतापन्न (रातो) सूचीमा सूचीकृत गरेको छ । नेपाल सरकारले यसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ । सन् २०१४ मा गरिएको राष्ट्रिय चरा गणनामा यसको सङ्ख्या नेपालमा ४१ वटा रहेको पाइएको थियो ।

जसमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नौवटा फेला परेका थिए । एक सर्भेक्षणका अनुसार नेपालमा चराको प्रजाति ८७१ रहेकोमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै त्यसको आधा ४५० प्रजाति पाइने गरेका छन् । खरमयुरसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सारस, सिम तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुडिफोर चरासमेत पाइन्छ ।

नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो घाँसे मैदान यस निकुञ्जमा रहेको छ । विश्वकै सबैभन्दा ठूलो झुण्डका रुपमा बाह्रसिङ्गा निकुञ्जमा सहजै अवलोकन गर्न सकिन्छ । सानो क्षेत्रफलमा पाटेबाघको धेरै घनत्व भएको क्षेत्रका रुपमा समेत निकुञ्ज परिचित रहेको छ । निकुञ्ज ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस