१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाले भारतलाई खोप, अक्सिजन र भेन्टिलेटर सहयोग गर्ने

अ+ अ-

काठमाडौँ । अमेरिकाले कोरोना विरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने भएको छ । आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएलगत्तै अमेरिकाले भारतलाई सहयोग गर्ने बचन दिएको हो ।

अमेरिकाले भारतलाई खोपको कच्चा पदार्थ, अक्सिजन निर्माण, भेन्टिलेटर, पीपीई किट, र्‍यापिड टेस्ट किट लगायतका सामग्री सहयोग गर्ने वचन दिएको बीबीसीले जनाएको छ ।

यसका साथै अमेरिकाले विशेषज्ञ टोली गठन गर्नेछ, जसले आवश्यक मद्दत पनि गर्ने छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै अक्सिजन, भेन्टिलेटर लगायतको अभाव भएको छ । सिंगापुर, युके, साउदी अरब, युएई लगायतका देशहरु भारतलाई सहयोग गर्न अघि सरेका बेला अमेरिका भने मौन थियो । अमेरिकाको मौनतालाई अप्रत्यासित मानिएको थियो ।

यद्यपि अहिले अमेरिकाले खोपको कच्चा पदार्थको निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको बीबीसीले जनाएको छ । भारतीय विदेशमन्त्री एश जयशंकरले अन्तर्राष्ट्रिय सहयोगको अपील गरेका थिए ।

यस्तै आइतबार अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र भारतका राष्ट्रिय सल्लाहकार अजित डोभालबीच आइतबार सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएको थियो । त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले महामारीको शुरुवातमा जसरी भारतले अमेरिकालाई सहयोग गरेको थियो, त्यसैगरी यो समय भारतलाई सहयोग गर्ने बताएका छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि कोभिड महामारीको संकटमा अमेरिका भारतको साथमा रहेको बताएकी छन् । कोरोना संक्रमणको महामारीबाट विश्वभरमै अमेरिका र भारत सबैभन्दा बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस