रुपन्देही । लुम्बिनी प्रदेशका बाँके र बर्दियामा आजदेखि एक साता निषेधाज्ञा लागू हुने भएको छ ।
कोरोना सङ्क्रमण बढ्दै गएपछि आज राती १२ बजेदेखि वैशाख २० राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने उल्लेख उल्लेख गरेका छन् ।
यसअघि बाँकेको नेपालगन्ज उपमहानगर क्षेत्रमा वैशाख ८ देखि १५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको थियो ।
दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले लकडाउन नागरिकको सुरक्षाका लागि भएकाले सोही अनुसार बुझिदिन अनुरोध गरेका छन् । बाँके र बर्दिया दुवै जिल्ला भारतसँग सिमाना जोडिएका जिल्लाहरू हुन् । बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४ सय नाघेको छ ।
निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीबाहेक अरू सञ्चालन गर्न नपाइने भएको छ । यसै गरी स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापनलगायत सञ्चालन गर्न पाइनेछ ।