११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेती नदीमा मोटरेबल पुल निर्माण

अ+ अ-

बझाङ । सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ । २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर भई निर्माण कार्य यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्शन प्रालिसँग करिब नौ करोडमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो ।

नेपाल सरकार स्थानीय पूर्वाधार विभागको आर्थिक सहयोगमा शुरुको चरणमा २०७२ साल वैशाख ८ गते नीलगिरि र जागृति निर्माण सेवाले संयुक्त रूपमा पुल निमार्णको जिम्मा पाएका थिए । बिचको पिलरका लागि खाल्डो खन्दा ढुङ्गा भेटिएको भन्दै निर्माण कम्पनीले काम गर्न नसक्ने जनाएको थियो ।

कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको पुल २०७७ साल मङ्सिर महिनाबाट फेरि काम अगाडि बढाइएको र अहिले पुलको सबै काम सकेर स्थानीय सरकारलाई हस्तान्तरण गर्न भने बाँकी रहेको स्थानीय सडक, पुल कार्यक्रमका प्राविधिक अधिकृत हरिशङ्कर जोशीले बताए ।

पुल बनेपछि सेती नदी पारि रहेका स्थानीयवासीलाई आवतजावतमा सहज हुनाका साथै गाउँघरमा उत्पादन भएका स्थानीय स्रोत साधनलाई बजारसम्म पुर्‍याउन र अन्य निर्माणका सामग्री ढुवानी गर्नसमेत सजिलो हुने जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष गगनबहादुर सिंहले बताए । पुलको लम्बाइ ७० मिटर छ ।

साथै २०७७ साल पुस १५ गतेभित्र पाउनुपर्ने रकमको भुक्तानी नपाउँदा र अर्कोतर्फ घटिघटाउमा काम गर्दा निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनी इलाइट कन्सट्रक्शनका प्रतिनिधि कपिल राईले बताए । जिल्ला समन्वय समितिका प्रमुख खडकबहादुर खड्काले अब थलारा, तलकोट, छान्ना लगायतका स्थानीय तहहरुसमेत जोडिने बताए ।

प्रतिक्रिया दिनुहोस